काठमाडौं– शनिबार रातिको बाढीले मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ।
मेलम्ची खोलामा आएको बाढीले राति १ बजे रेडियो मेलम्चीको भवन बगाएको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए।
यसअघि असार १ गतेको बाढीले सामान्य क्षति पुगे पनि भवन भने बगाएको थिएन। विभिन्न संघसंस्था तथा व्यक्तिहरुसँग चन्दा उठाएर बनाइएको भवन पूर्णरुपमा नष्ट भएको छ।
‘भवन थियो अहिले त नामो निसान केही छैन,’ डम्बरले भने, ‘हेर्दाहेर्दै राति १ बजे भवन बगाएर लग्यो।’
यसअघिको बाढीले पुरेको लेदो सफा गरिरहेका केही घरमा पुनः लेदो भरिएको छ।
यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।