काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११, चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।
पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताइन्।
सबैलाई अस्पताल ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्मीसहितको टोली घटनास्थलमै पुगरे उपचार गरेको उनले जानकारी दिइन्। गम्भीर बिरामी तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको उनले बताइन्।
अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। ‘फुडपोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।