काठमाडौं- शिक्षा र स्वास्थ्य क्षेत्रको बेथितिकोविरुद्ध तथा नि:शुल्क जनस्वास्थ्य र शिक्षाको पक्षमा बृहत नागरिक आन्दोलनले मार्चपास गर्ने भएको छ। विपी प्रतिष्ठान बचाउ र बदलका लागि खबरदारीका लागि मार्चपास र सभा गर्न लागिएको जनाइएको छ।
मार्चपास शनिबार ४ बजे माइतीघरबाट बानेश्वरसम्म हुने छ। मार्चपछि सभाको आयोजना हुने जनाइएको छ।
वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अनियमिता, भ्रष्टाचार भएको भन्दै शक्तिशाली, उच्च - स्तरीय छानबिन आयोग गठन गरिनुपर्ने लगायतका माग राखि संयुक्त संघर्ष समिति केही समय यता आन्दोलन जारी राखिरहँदा बृहत नागरिक आन्दोलनले त्यसमा समर्थन गर्दै राजधानीमा प्रदशर्न गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।