• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

नेपालीले ‘फलो’ गर्ने चिनियाँ कलाकार क्रिस वु र ३१ युवतीले ब्युँझाएको ‘मीटू’

64x64
पुष्पा थपलिया शनिबार, साउन १६, २०७८  ०७:०५
1140x725

काठमाडौं- चाइनिज ड्रामा नेपाली युवाको मन मस्तिष्कमा डेरा जमाउन सफल छ। उनीहरू चाइनिज ड्रामा र कलाकारका निकै ठूला फ्यानसमेत बनेका छन्। पहिले भाषा नबुझेकाले चीनसँग टाढिएको कला अहिले सबटाइटलले जोड्ने कोसिस गरिरहेको छ।

नेपालको छिमेकी राष्ट्र भए पनि चीनसँग भाषा र संस्कृति मिल्दैन। त्यसैले दक्षिणमा भएको छिमेकी राष्ट्र भारतका कलाकारमा हामी जति चासो दिन्छौं, चीनका कलाकारमा त्यति चासो दिदैनौं। तर, विस्तारै यो भाषाको बन्धन हटेको कुरा हामी हालै घटेको एक घटनाबाट थाहा पाउन सक्छौं। किनभने चीनका एक चर्चित कलाकारले यौन शोषण गरेको कुराले नेपाली युवाहरूको मथिंगलमा स्थान पाएको छ।

भारतमा व्यवसायी राज कुन्द्राको पोर्न भिडियोसम्बन्धी मुद्दा हामी नेपालीका लागि जति चासोको विषय बनेको छ, त्यति नभए पनि चाइनिज ड्रामा हेर्नेहरू भने हैरान बनेका छन्। किनभने, उनीहरूको प्रिय र मनपर्ने अभिनेतामाथि ‘मीटू’को आरोप लागेको छ।

चीनका चर्चित अभिनेता तथा गायक क्रिस वु यतिबेला ३१ जना केटीको मीटू आरोप खेपिरहेका छन्। ती युवतीहरूले वुको यौन शोषणमा परेको बताएका छन्। त्यसैगरी वुसँगै विभिन्‍न ड्रामामा काम गर्ने अभिनेत्रीहरूले पनि उनीबारे नकारात्मक टिप्पणी गरिरहेका छन्। उनलाई ‘टिनएज केटीमा आँखा लगाउने मान्छे’ भनेर चीनका सामाजिक सञ्‍जालहरूमा गाली गरिरहेका छन्।

यो घटना बाहिरिएसँगै क्रिस वुले धेरै कम्पनीसँगको सम्झौताबाट हात धुनुपरेको छ। हालसम्म उनलाई १४ वटा कम्पनीले सम्झौता रद्द गरेको घोषणा गरिसकेका छन्। यो क्रम अझै जारी छ।

सामाजिक सञ्‍जाल मात्रै हैन, चीनका ठूला सञ्‍चार माध्यमले समेत युवतीहरूकै पक्ष लिएको छ। उनीहरूले क्रिसको विरुद्धमा विभिन्‍न क्याम्पियनसमेत चलाइरहेका छन्। चीनका सञ्‍चार माध्यमहरूले विशेष गरेर १९ वर्षीय कलेज विद्यार्थी डु मेइजुले साथ दिएका छन्।

उनलाई ३१ जना युवतीले आफू मदिराले बेहोस भएको समयमा यौन शोषण गरेको आरोप लगाएका छन्। क्रिस क्यानडामा जन्मिएका क्यानेडियन नागरिक हुन्। त्यसैले आरोप लगाउने युवतीहरू एक ढिक्का भएर उनलाई चीन छाड्न दबाब दिइरहेका थिए। उनीहरूले चीनमा ‘गर्ल्स फर गर्ल’ अर्थात् ‘केटीहरू केटीका लागि’ भन्‍ने अभियानसमेत चलाए।

सामाजिक सञ्‍जाल मात्रै हैन, चीनका ठूला सञ्‍चार माध्यमले समेत युवतीहरूकै पक्ष लिएको छन्। उनीहरूले क्रिसको विरुद्धमा विभिन्‍न क्याम्पियनसमेत चलाइरहेका छन्। चीनका सञ्‍चार माध्यमहरूले विशेष गरेर १९ वर्षीय कलेज विद्यार्थी डु मेइजुले साथ दिएका छन्। उनले विशेष रूपमा क्रिस वुमाथि कडा आरोप लगाएकी थिइन्। उनले आफूमाथि सहमतिबेगर यौन सम्पर्क गरेको भन्दै सबैभन्दा पहिला सामाजिक सञ्‍जालमा आवाज उठाएकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

८ जुलाईदेखि मेइजुले लगातार सामाजिक सञ्‍जालमा क्रिस वुको बारेमा लेख्न थालिन्। विभिन्‍न अनलाइनमा गएर अन्तवार्ता पनि दिइन्। हालै भने, उनले दिएका प्रमाणमा नै प्रहरीले शंका गर्न थालेको छ।

मेइजुसँग क्रिस वुको मेरो भेट दुई वर्षअघि १७ वर्षको उमेरमा भएको थियो।

मेइजुको भनाइअनुसार क्रिस वुले केही साथीहरूसँगै उनलाई घरमा बोलाए। जबरजस्ती रक्सी खान लगाए। सबै साथीहरू घर गएपछि क्रिसले जबरजस्ती यौन सम्पर्क गरे। उनी रक्सीले बेहोस भएको समयमा यौन सम्पर्क गरेको मेइजुको भनाइ छ। यी कुरामा चीनको प्रहरीले उल्टै मेइजुमाथि अनुसन्धान सुरू गरेपछि उनले हालै, आफू यी कुराबाट थाकेको बताएकी छन्। सामाजिक सञ्‍जालमा स्टोरी राख्दै यो मुद्दा टुङ्ग्याउन आग्रह गरेकी छन्।

मेइजुको आरोपलाई वुले अस्वीकार गरे। तर, मेइजुले जस्तै उनकै उमेरका अन्य ३१ जना युवतीले आफूमाथि त्यस्तै घटना घटेको बताएका छन्। यो कुराले चीनमा अर्को एउटा कुरामा छलफल भइरहेको छ। सहमतिको यौन सम्पर्क र असहमतिको यौन सम्पर्क। क्रिस वुले सहमतिमा भएको बताएका छन् भने अन्य युवतीले बेहोसको समयमा बिनासहमति यौन सम्पर्क भएको बताएका छन्।

क्रिस वु, चीनका चर्चित कलाकार हुन्। उनी चाइनिज ड्रामा हेर्ने दर्शकका प्रिय अभिनेता पनि हुन्। नेपाल र भारतमा उनका लाखौं फ्यान छन्।

चीनमा १८ वर्षसम्मकालाई बालबालिका मानिन्छ। तर, सहमति भएमा १४ वर्षको उमेरमा गरिएको यौन सम्पर्कलाई पनि कानुनतः सही मानिन्छ।

त्यसैले यसमा चीनको प्रहरीले मेइजुको तथ्यमा छानविन गरिरहेका छन्। प्रहरीलगायत अन्य न्यायिक संगठनले क्रिस वुको पक्षमा फैसला सुनाएका छन्।

सबैले एकै आरोप लगाएका छन्, मेइजुले चर्चा कमाउनका लागि झुटो आरोप लगाइन्। उनले विभिन्‍न सञ्‍चार माध्यममा गएर चर्चा कमाउन र सामाजिक सञ्‍जालमा ‘फलोअर्स’ बढाउन यस्तो आरोप लगाएको प्रहरी र न्यायिक संगठनको ठहर छ। 

चीनका विभिन्‍न महिला अधिकारबारे काम गर्ने संघसंस्थाले भने फैसलाको विरोध गरेका छन्। प्रहरीको यो फैसला पितृसतात्मक सोचाइको उपज भएको उनीहरूले बताएका छन्। 'जब महिला बोल्छन्, तब चर्चाका लागि बोलेको आरोप लगाइन्छ', चीनका महिलावादीहरूले भनेका छन्।

क्रिस वु, चीनका चर्चित कलाकार हुन्। उनी चाइनिज ड्रामा हेर्ने दर्शकका प्रिय अभिनेता पनि हुन्। नेपाल र भारतमा उनका लाखौं फ्यान छन्। क्रिसका ह्याप्पी क्याम्प, द नेक्स्ट लप ब्याङ, सेभेन्टी टु आवर्स अफ मिस्ट्री, च्यालेन्जर्स अलाइन्स, द र्‍याप अफ चाइना लगायतका ड्रामा निकै प्रख्यात छन्।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्