साङ्केतिक तस्बिर।
कैलाली- भजनी नगरपालिका-९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा दुई जना बालबालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा धनबहादुर सिंहकी छोरी नौ वर्षीया लक्ष्मी सिंह र रामफल चौधरी सात वर्षीय छोरी जेनी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। उनले बेपत्ता छ वर्षीया अनु सिंहको खोजी भइरहेको बताए।
घर नजिकै रहेको कान्द्रा नदीमा नुहाउने क्रममा साँझ ५ बजेतिर उक्त घटना भएको प्रहरी उपरीक्षक अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।