काठमाडौं– कर्णाली नदीमा स्कर्पियो गाडी खस्दा २ जना बेपत्ता भएका छन्। कैलालिको चिसापानीदेखि सोल्टा जाने कच्ची सडकबाट नम्बर नखुलेको स्कर्पियो गाडी कर्णाली नदीमा खसेको हो।
गाडीमा ५ जना सवार रहेकामा ३ जना बालबालिकाको घाइते अवस्थामा उद्दार गरिएको जनाइएको छ। २ जना भने बेपत्ता रहेका जिल्ला प्रहरी कार्यलाय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका घर भएका चन्द्र जोशी र रुपी जोशी छन्। उनीहरु दुवैजना श्रीमान्–श्रीमती भएका जनाइएको छ।
३ जना बालबालिका १२ वर्षीया लक्ष्मी जोशी, ५ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको घाइते अवस्थामा उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार जोशी दम्तपि ३ जना बालबालिकासहित नेपालगञ्जमा उपचार गरेर घर (डोटी) फर्किरहेका थिए। चिसापानी पुगेपछि घुम्न जाने भनेर सोल्टा जाने सडकतर्फ लागेको केही समयमै गाडी कर्णालीमा खसेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै कैलाली प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।