काठमाडौं– धनुषामा शुक्रबार बिहानै सरकारी सवारी साधन (स्कोर्पियो) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
बिहान ५ बजेतिर ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज२००२०००१ख ००३५ नम्बरको स्कोर्पिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी सवारी चालक महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने दीपक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। घाइतेहरुको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।