File Photo: John Moore/AFP
काठमाडौं- बग्दादको ‘ग्रीन जोन’मा अवस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएको छ। रकेट प्रहारबाट दूतावासमा कुनै क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन्।
इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमी सोमबार ह्वाइट हाउसको वार्तापछि वाशिङटनबाट स्वदेश फर्किनसक्दै इराकमा उक्त आक्रमण भएको छ।
इराकमा हाल दुई हजार ५०० भन्दाबढी अमेरिकी सैनिक रहेका छन्। तर, अमेरिकी राष्ट्रपति जो वाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई इराकबाट फिर्ता बोलाउने घोषणा गरिसकेका छन्।
उनले अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भएपनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन्।
इराकमा अमेरिकी नागरिक संघसंस्थालक्षित आक्रमणहरु लगभग दैनिक रूपमा हुने गरेका छन्।
इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट समूहको उपस्थिति बढ्दै गएको बताइएको छ। हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूकाविरुद्ध लड्न सहयोग गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।