काठमाडाैं– सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले केही जिल्लाकाे विवाद टुंग्याएर समाधान निकाल्न शीर्ष तहका नेतालाई ५ दिनकाे समय दिएकाे छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भदौ १६–१९ मा हुने महाधिवेशनका लागि ५ दिनभित्र सबै विवाद टुंग्याउने जिम्मा दिएकाे हाे।
क्रियाशील सदस्यताको छानबिनका लागि असार मसान्तसम्म कार्यावधि रहेको समितिले १२ दिनको अतिरिक्त समयपछि मंगलबार प्रतिवेदन बुझाएको थियो।
तर, बुधबारको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले बिहीबार दिउँसोसम्म समय दिएर थप मिलाएर ल्याउनु भनेको थियो। सोही अनुसार बिहीबार प्रतिवेदन सच्चाएर बुझाइएको छ।
‘समितिले ९६ प्रतिशत काम सकिसकेको छ। बाँकी काम भने केन्द्रीय नेतृत्वले टुंग्याउने छ,’ समितिका प्रवक्ता प्रदीप पौडेलले भने।
सप्तरी, बारा धनुषा ४, सर्लाही क्षेत्रनम्बर–२, सिन्धुपाल्चोक र रसुवामा रहेको विवादबारे केन्द्रीय नेतृत्वले निर्णय लिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।