काठमाडौं- चीनको उत्तरी हेबेई प्रान्तमा रहेको देशको सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका चर्चित अर्बपतिलाई सरकारले १८ वर्षको जेल सजाय तोकेको छ।
प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत ६७ वर्षका सन डउलाई जेल सजाय सुनाइएको हो। यस्तै, उनलाई ३१ लाख १० हजार युआन जरिवाना पनि तिर्न लगाइएको छ।
उनको कम्पनी चीनका ठूला कम्पनीमा पर्छ। जुन कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ।
चिनियाँ अधिकारीहरुका अनुसार सनले मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूका बारेमा आफ्ना भनाइहरु राखेका थिए।
यस्तै, गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको र सरकारी मजदुरहरूको काममा अवरोध पुर्याएको लगायतका आरोप पनि उनीमाथि लगाएको छ।
यस्तै, झै-झगडा सुरू गरेको र समस्या निम्त्याएको आरोपमा उनी दोषी पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।