काठमाडौं– राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यको सपथ ग्रहण आज हुने भएको छ। उनीहरुको सपथ ग्रहण बिहान साढे नौ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हुने कार्यक्रम तय भएको छ।
गत मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो। यसैगरी आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त भएका छन्।
डा. पौडेल कांग्रेस तथा फुयाँल र लिम्बू माओवादी केन्द्र र माधव नेपाल पक्षबाट सिफारिसमा परेका हुन्।
अध्यक्षता प्रधानमन्त्रीले गर्ने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।