• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
टिप्पणी

प्रभुराम शर्मा : सैनिक नेतृत्वमा क्रमभंग, तर फेरिएला सेनाको छवि? 

64x64
रामेश्वर बोहरा बिहीबार, साउन १४, २०७८  ०७:०४

यो सामग्री अडियोमा सुन्नुहोस्:

1140x725

नेपाली सेनाको ‘कमाण्ड’ आउँदो २५ साउनमा प्रधानसेनापति पूर्णचन्द्र थापाबाट औपचारिक रुपमै उनका उत्तराधिकारीमा हस्तान्तरण हुँदैछ। सैनिक ऐनअनुसार सेनाप्रमुखको तीन वर्षे पदावधि पूरा गरेर प्रधानसेनापति थापा २४ भदौमा अनिवार्य निवृत्त हुनेछन्। निवृत्त हुनु एक महिनाअघिबाट प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ। थापा बिदामा बसेपछि २५ साउनबाट उनका उत्तराधिकारीले सेनाको कमाण्ड सम्हाल्ने भएका हुन्। 

पहिलो एक महिना कायममुकायम सेनाप्रमुख र त्यसपछि प्रधानसेनापतिका रुपमा जंगी अड्डाको नेतृत्व सम्हाल्ने छन्, बलाधिकृत रथी प्रभुराम शर्माले। मन्त्रिपरिषद्को मंगलबार (१२ साउन) को बैठकले शर्मालाई २५ साउनदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरिसकेको छ।

प्रधानसेनापति थापाले भने धेरैअघिबाटै आफूपछि शर्मालाई सेनाको बागडोर सुम्पने तारतम्य मिलाइसकेका थिए। गत जेठमै सैनिक मुख्यालय, जंगी अड्डामा आयोजित कार्यक्रममा उनले यसको घोषणा गरेका थिए। त्यसयता सेनाभित्र हुने सबै गतिविधिमा उनले शर्मालाई संलग्न गराइरहेका छन्। यतिसम्म कि, सैनिक अधिकृतहरुको सरुवा र जिम्मेवारी हेरफेरमा समेत शर्मालाई नै काम गर्न ‘सहज हुने’ व्यक्ति छनोट गरिँदैछ। जंगी अड्डाका एक उच्च सैनिक अधिकृतले भने, ‘यसपालि नेतृत्व हस्तान्तरणको तयारी अलि पहिलेदेखि नै भयो। त्यही भएर पनि चिफसाब हुँदाहुँदै हुनेवाला चिफसाबको व्यस्तता निकै बढेको छ।’

शर्मा सेनाभन्दा बाहिर खासै चर्चा नभएका जर्नेल हुन्। त्यहीकारण उनीबारे धेरैलाई जानकारी छैन। तर, सेनाभित्र भने नेतृत्वमा पुग्नका लागि उनी सम्भवतः सबभन्दा धेरै ‘ग्रुमिङ’ पाएका सैन्य अधिकृत हुन्।।

जसलाई मिल्यो विरलै पाइने ‘ग्रुमिङ’
सेनाभित्र कतिपयले टिप्पणी गर्छन्– ‘हुनेवाला चिफसाब सरल हुनुहुन्छ, मिठो बोल्नुहुन्छ, तर यस्तो संकटको बेला सेनालाई चुस्त नेतृत्व दिन चाहिँ कति सक्नुहोला!’

नेपाली सेनाको सबैभन्दा जेठो पल्टन मानिने पुरानो गोरख गणका ‘पल्टने’ हुन्, शर्मा। करिब सात वर्ष पहिलेदेखि नै सेनापति बन्नेगरी उनले ‘ग्रुमिङ’ पाउनुको कारण पनि त्यही हो। उनलाई त्यसरी ग्रुमिङ गर्ने तत्कालीन प्रधानसेतापति गौरवशमशेर जबरा पनि पुरानो गोरख गणकै पल्टने थिए।

सैनिक कमाण्डर कडा मिजास र स्वभावको हुनुपर्ने बुझाइले पनि भावी सेनापतिबारे यस्तो टिप्पणी भएको हो। काठमाडौंमा जन्मेका शर्मा तुलनात्मक रुपमा ‘नरम’ स्वभावका जर्नेल हुन्। ‘देश यस्तो संकटको अवस्थामा छ, कसैलाई नबिझाउने, मिठो बोल्ने नयाँ चिफसाबको स्वभाव यो परिस्थितिमा फिट पो कति होला!’, जंगी अड्डाभित्र यस्तो टिप्पणी पनि सुनिने गर्छ।

नेपाली सेनाको सबैभन्दा जेठो पल्टन मानिने पुरानो गोरख गणका ‘पल्टने’ हुन्, शर्मा। करिब सात वर्ष पहिलेदेखि नै सेनापति बन्नेगरी उनले ‘ग्रुमिङ’ पाउनुको कारण पनि त्यही हो। उनलाई त्यसरी ग्रुमिङ गर्ने तत्कालीन प्रधानसेतापति गौरवशमशेर जबरा पनि पुरानो गोरख गणकै पल्टने थिए। जबरालाई के सजिलो भइदियो भने, उनी सेनाको नेतृत्वमा पुग्दा शर्माको प्रधानसेतापति बन्ने ‘लाइन क्लियर’ भइसकेको थियो। जबराअघिका प्रधानसेनापति छत्रमानसिंह गुरुङको पालामा नै महासेनानी रतीन्द्र खत्रीको म्याद थप नभएपछि उनकै ब्याची शर्मा भावी प्रधानसेनापति बन्ने निश्चित भयो। ‘रतीन्द्र खत्रीको म्याद थप गरिएको भए उहाँ नै चिफ बन्नुहुन्थ्यो, भाग्य प्रभुराम सा’बको बलियो रहेछ’, जंगी अड्डाका एक उच्च सैनिक अधिकृत भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गौरवशमशेरपछि प्रधानसेनापति बनेका राजेन्द्र क्षेत्रीका पालामा पनि शर्माले सैनिक नेतृत्वमा पुग्नेगरी ग्रुमिङ पाए। वर्तमान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकालमा त उनी ‘कन्फर्म उत्तराधिकारी’ भइसकेका थिए। 

सेनामा युद्धकार्य महानिर्देशनालय (डीजीएमओ)लाई प्रधानसेनापति बन्ने सबभन्दा महत्वपूर्ण खुड्किलो मानिन्छ। सैन्य अपरेसन र सैनिक गुप्तचर संयन्त्र यही महानिर्देशनालय अन्तर्गत रहन्छन्। (अहिले भने सैनिक गुप्तचर महानिर्देशनालय नै स्थापना भएको छ।) सामान्यतः प्रधानसेनापतिको लाइनमा रहेकाबाहेक अन्य जर्नेलले डीजीएमओ नेतृत्व गर्ने अवसर पाउँदैनन्। कतिपय त प्रधानसेनापति बन्नेले नै पनि यो अवसर पाउँदैनन्। छत्रमानसिंह गुरुङ, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापाले प्रधानसेनापति बन्नुअघि यो महानिर्देशनालयको नेतृत्व गर्न पाएनन्। तर, शर्मा पूरा अवधि डीजीएमओ प्रमुख (महानिर्देशक) भए। 

पछिल्ला कतिपय सेनापतिले सैनिक नेतृत्वमा पुग्नुअघिको महत्वपूर्ण जिम्मेवारी मानिने बलाधिकृत रथीको भूमिका पनि बहन गर्न पाएका छैनन्। सेनामा प्रधानसेनापतिको ठीकमुनि दुईजना तीन तारे जर्नेल (रथी) हुन्छन्। तर, शर्मा यस्ता ‘भाग्यमानी’ सैनिक अधिकृत हुन् जसले बलाधिकृत रथीमात्र होइन, बलाध्यक्ष रथीको समेत जिम्मेवारी सम्हाले। अर्का रथी ईश्वर हमाल संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरका रुपमा गोलान हाइट (सिरिया) गएपछि शर्मालाई ‘थ्रीस्टार जनरल’का रुपमा एक्लै काम गर्ने अवसर जुरेको हो। नेतृत्व विकासमा शर्माले पाएको यो अर्को अवसर थियो। ‘यति धेरै ग्रुमिङ पाएर, यति धेरै देखेर र काम गरेर आएको मान्छे सेनामा यसअघि चिफ बनेको थिएन’, एक पूर्वप्रधानसेनापतिले टिप्पणी गरे।

पछिल्ला केही सेनापति त अन्तिम दिनसम्म पनि अनिश्चयमा रहँदै सेनाको नेतृत्वमा पुगेका थिए। वर्तमान प्रधानसेनापति थापाअघिका सेनाप्रमुख राजेन्द्र क्षेत्रीलाई गौरवशमशेर जबराले अन्तिम घडीसम्म पनि अन्योलमा राखेका थिए। किनभने, त्यसबेला जबरा आफ्नै पदावधि लम्ब्याउन 'लबिइङ' गरिरहेका थिए। तर, सफल भएनन्। जबरालाई पनि छत्रमानसिंह गुरुङले त्यसैगरी अन्योलमा राखेका थिए। प्रधानसेनापतिका स्वाभाविक दाबेदार जबरालाई टक्कर दिन गुरुङले अर्का रथी नेपालभुषण चन्दलाई पनि सँगै सिफारिस गरेका थिए। त्यसअघि गुरुङलाई रुक्मांगद् कटवालले त्यसैगरी अन्योलमा राखेका थिए। कुलबहादुर खड्का प्रकरण पन्छाएपछि कटवालले आफ्नो पदावधि लम्ब्याउन जोडबल गरेका थिए। यदि कटवालको पदावधि लम्बिएको भए गुरुङको प्रधानसेनापति बन्ने बाटो नै बन्द हुन्थ्यो।

Xtrem

Xtrem

तर, शर्मालाई त्यस्तो अवस्था आएन। उनले तीन–तीन जना प्रधानसेनापतिबाट ग्रुमिङ पाए। प्रधानसेनापति थापाले त जाँदाजाँदै उनका लागि अनुकूल हुने टिम नै ल्याइदिएका छन्।

क्रमभंग हुँदैछ सैनिक नेतृत्वको इतिहास
नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्न लागेका प्रभुराम शर्मा सैनिक नेतृत्वमा पुगेपछि एउटा क्रमभंग हुँदैछ। उनी प्रधानसेनापति हुने ब्राह्मण समुदायका पहिलो व्यक्ति हुनेछन्। सेना भन्नासाथ स्वाभाविक रुपमा ‘लडाकु जाति’ बुझिन्छ, जसअनुसार क्षेत्री, ठकुरी, राणा तथा जनजाति (मगर, गुरुङ आदि) नै नेतृत्वमा पुग्ने प्रचलन थियो सेनामा। ‘पहिलो पटक सेनाको नेतृत्वमा बाहुन पुग्नु क्रमभंग हो’, जंगी अड्डाका एक सैनिक अधिकृत भन्छन्।

सेनामा ब्राह्मण समुदायबाट प्रधानसेनापति बन्ने संयोग २०६३ मा पनि जुरेको थियो, तर, त्यो स्वाभाविक विकासक्रम थिएन। जनआन्दोलनमा दमन गरेको आरोप लागेका तत्कालीन प्रधानसेनापति प्यारजंग थापाले अवकाश पाएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यस्तै आरोप लागेका रथी रुक्मांगद कटवाललाई पन्छाउन खोजेका थिए। उनको स्थानमा प्रधानसेतापति बन्न अर्का रथी बालानन्द शर्मालाई आग्रह पनि गरेका थिए। तर, त्यतिबेला संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरका रुपमा विदेशमा कार्यरत शर्माले रोलक्रम मिचेर अघि नबढ्ने बताएका थिए।

‘नेतृत्वको इतिहासमा क्रमभंग हुनु एउटा कुरा हो, त्योभन्दा महत्वपूर्ण चाहिँ सरल, व्यावसायिक, दायाँबायाँ इन्ट्रेष्ट नभएका र साँच्चिकै योग्य व्यक्ति सेनाले नेतृत्वमा पाउन लागेको छ’, शर्माका समकक्षी एक जर्नेल भन्छन्, ‘उहाँ आजसम्म कतै दाग लागेको वा विवादमा पर्नुभएको छैन, केही चलखेलबाट जोगिन सक्नुभयो भने संगठन राम्रोसँग चलाउन सक्नुहुन्छ। सबैलाई सहज पहुँच दिने भएकाले धेरैले प्रभाव पार्न सक्ने जोखिम हुन्छ, त्यो अवस्थाबाट उहाँले जोगिने प्रयास गर्नुपर्छ।’

पूर्वउपरथी विनोज बस्न्यात २० बेसिकका सैनिक अधिकृतमध्ये शर्मा सम्भावनायुक्त अधिकृत भएको र सेनामा सबैलाई समेटेर लैजाने खुबी रहेको बताउँछन्। ‘आफूभन्दा तल्लो तहका, सबओर्डिनेटलाई माया गर्ने भावना मैले उहाँमा पाएको छु। कसैले केही गर्‍यो भने उत्तेजित नभई संयम तरिकाले ह्याण्डल गर्ने स्वभाव छ, उहाँबाट मलाई धेरै आशा छ’, बस्न्यात भन्छन्। 

सेनाप्रमुख हुनासाथ निहित स्वार्थका निम्ति राजनीतिक नेतृत्वसँग साँठगाँठ गर्ने अभ्यास सेनामा नयाँ होइन। धेरैजसो प्रधानसेतापतिको छवि यस्तै रुचीले खुइल्याइदिने गरेको छ। यसबाट जोगिने आँट, तत्परता र प्रयत्न भावी सेनापतिको अर्को चुनौती हो। 

गुल्म र बटालियनसँगै बाहिनीपति, सैनिक सचिव, पृतनापति र डीजीएमओ महानिर्देशक हुँदा उनले आफ्नो क्षमता देखाएका छन्। तर, प्रधानसेनापतिका रुपमा आउने चुनौती भिन्न हुनेछ। जस्तो, गौरवशमशेर जबरा प्रधानसेनापति हुँदा उनीसँग धेरै अपेक्षा गरिएको थियो। तर, उनले नै सेनामा नातावाद, कृपावाद र प्रतिशोधको भावनालाई बढाइदिए। आर्थिक उपार्जनको मोह थपिदिए। धेरैको बुझाइ छ, जबराले त्यो अपेक्षामा आफूलाई खरो उतार्नै सकेनन्। ‘गौरवकै चेला’ भनेर चिनिने शर्मासँग यसलाई पन्छाउनुपर्ने चुनौती हुनेछ।

सेना भर्खरै नयाँ कमाण्ड संरचनामा गएकाले पनि उनलाई धेरै चुनौती छन्। जाँदाजाँदै प्रधानसेनापति थापाले सेनाको पृतना हेडक्वार्टरमा आधारित कमाण्ड संरचना खारेज गरेर ‘तीन जोर एक’ कमाण्ड संरचना लागू गराएका छन्। आठवटा पृतनाले हेर्ने जिम्मेवारी अब फरक खालका चारवटा कमाण्डले हेर्नेछन्। संघीय संरचनामा चलिरहेको सेना अब नदी बेसिनका आधारमा बनाइएको कमाण्ड संरचनामा अघि बढ्दा शर्माले सैन्य परिचालन प्रभावकारी बनाउनुपर्नेछ। किनभने, आफ्ना सिनियरको ‘भिजन’लाई लागू गरेर जान सहज छैन, त्यसलाई बदल्न त झन् तत्काल सम्भव नै देखिन्न।

सेनाप्रमुख हुनासाथ निहित स्वार्थका निम्ति राजनीतिक नेतृत्वसँग साँठगाँठ गर्ने अभ्यास सेनामा नयाँ होइन। धेरैजसो प्रधानसेतापतिको छवि यस्तै रुचीले खुइल्याइदिने गरेको छ। यसबाट जोगिने आँट, तत्परता र प्रयत्न भावी सेनापतिको अर्को चुनौती हो। 

नयाँ सेनापतिको सबभन्दा ठूलो चुनौती भने सैन्य संगठनमा चुलिएको व्यापार र पैसाको मोह पन्छाउनु हो। त्यहीकारण पनि शर्माले सेनाको यस्तो छवि कसरी बदल्लान् भन्ने प्रश्न अहिल्यैदेखि तेर्सिएको छ। पछिल्लो समय सेना व्यापार र आर्थिक गतिविधिमा यतिसम्म जकडिइसकेको छ कि, उसले हात नहालेका क्षेत्र भेट्टाउन कठिन हुँदैछ। आफ्नै ऐतिहासिक धरोहर त्रि-चन्द्र मिलिटरी हस्पिटल मासेर व्यापारिक कम्प्लेक्स सञ्चालनमा ल्याइसकेको सेना काठमाडौंलाई तराइसँग जोड्ने द्रूतमार्ग निर्माणको ठेक्काले थप विवादमा परेको छ। कोरोनाकालमा स्वास्थ्य सामग्री र उपकरण ल्याउन अग्रसर भएपछि त्यसले पनि सेनाको छवि थप धुमिल बनायो।

आर्थिक सुशासन कायम गर्ने संवैधानिक उपायहरु छल्न राजनीतिक नेतृत्वले धेरै काममा सेनालाई नै अघि सार्ने गरेको छ। ‘पैसा मोह’का कारण सैनिक नेतृत्वले पनि त्यसलाई आँखा चिम्लेर स्वीकार्ने प्रवृत्ति नै सेनाको सबभन्दा ठूलो संकट हो, जसले राष्ट्रिय सेनालाई आफ्नो मुलभूत जिम्मेवारीमा भुत्ते बनाउँदै लगेको छ। यसबाट सेनालाई बाहिर ल्याउन शर्माले कति प्रयत्न गर्छन्, त्यसमा नयाँ सेनापतिको सफलता वा असफलता मापन हुनेछ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्