काठमाडौं- जम्मूको किश्तवार जिल्लाको होन्जर गाउँमा चट्याङ र बाढीका कारण २० जनाभन्दा बढी मानिस बेपत्ता भएका छन्।
प्रहरीका अनुसार हालसम्म ५ जनाको शव फेला परेको छ भने ६ जनालाई सुरक्षित उद्दार गरिएको छ।
प्रहरी उपरीक्षक मुख्यालय किश्तवारले भने, ‘हामीले प्राप्त गरेको सूचनाका अनुसार २५ २६ वटा घर र एउटा रासन डिपो पूर्ण रूपमा क्षति भएको छ। करिब २७ जना हराइरहेका छन्। हामीले मृत शरीरहरू पनि भेट्यौं र थुप्रै घाइते भएका छन्।’
जम्मु एण्ड कश्मिरका लेफ्टिन्टेन्ट गभर्नर मनोज सिन्हाले मृतहरुप्रति श्रद्धाणजली अर्पण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।