काठमाडौं- चीनले इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट (ईटीआईएम)सँग सम्बन्ध तोडे अफगानिस्तान पुनःनिर्माणमा तालिबानलाई साथ दिने वाचा गरेको छ।
बुधबार चिनियाँ विदेशमन्त्री वाङ यीले तालिबानका सह–संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादारसँगको छलफलमा उक्त कुरा बताएका हुन्।
सिनजियाङका उइगर मुस्लिममाथि ज्यादती भएको खबरहरु आइरहेको बेला ईटीआईएम समूहले चीनमा प्रवेश गरेर विद्रोह गर्ने चेतावनी दिएका छन्।
यी लडाकुहरु मुख्यगरी अफगानिस्तानको बदख्सान प्रान्तमा फैलिएका छन्। यो प्रान्तको ९० किलोमिटर सीमा चीनको सिनजियाङसँग जोडिएको छ।
यसअघि तालिबानले आफूले चीनलाई सहयोगीको रुपमा हेरेको र आफूले त्यस्ता लडाकुलाई चीन प्रवेश गर्न नदिने बताएको थियो।
चिनियाँ विदेश मन्त्रालयले यीको भनाई उदृत गर्दै भनेको छ,‘चीनले अफगानिस्तानको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्नेछ यद्यपी तालिबानले इटीआईएमसँगको सम्बन्ध त्याग्नुपर्नेछ।’
यसअघि सन् २०१९ मा पनि तालिबान प्रतिनिधिलाई चीनले बेइजिङमा छलफलको लागि बोलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।