फाइल तस्वीर।
काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा विशेष महाधिवेशन गर्ने विषय उठेको छ।
बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा विशेष महाधिवेशन गर्ने विकल्पबारे छलफल भएको सहमहामन्त्री प्रकाशशरण महतले बताए।
'विशेष महाधिवेशन गर्ने कुरा पनि उठे। महाधिवेशन नहोस् भन्ने पनि छन्। यतिका कुरा भइसकेपछि विशेष महाधिवेशन भन्ने हुँदैन। बैठकमा विशेषको कुरा उठेका हुन्', महतले भने।
संस्थापन इतरका नेताहरुले विशेष महाधिवेशनको कुरा उठाएको महतले बताए। तर, कसले उठाएको भन्ने उनले खुलाएनन्।
संस्थापन पक्ष नियमित महाधिवेशन गर्न अडिग रहेको उनले बताए। समय प्रतिकूल रहेको कारण देखाउँदै इतर पक्षका नेताहरुबाट विकल्पमा विशेष महाधिवेशन गर्न सकिने विषय उठेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।