काठमाडौं- साउदी अरबले आफ्ना नागरिकलाई भारत र पाकिस्तानलगायत केही देशमा भ्रमणमा प्रतिबन्ध लगाएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कोरोना भाइरस र त्यसको नयाँ भेरियन्टबाट बच्नको लागि साउदी सरकारले भ्रमणमा रोक लगाएको हो।
साउदी सरकारले भारत र पाकिस्तानबाहेक अफगानिस्तान, टर्की र यूएईलाई पनि खतराको सूचीमा राखेको छ। यस्तै, दक्षिण अफ्रिका, अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, लेबनन र भियतनाम पनि खतराको सूचीमा परेको छ।
सरकारको आदेश उल्लंघन गरे उनीहरुलाई तीन वर्षसम्म विदेश भ्रमणमा प्रतिबन्ध लाग्ने चेतावनी दिइएको छ।
‘यी देशहरू या अन्य महामारी नियन्त्रण गर्न नसक्ने ठाउँ जान प्रतिबन्धित लगाइएको छ। जो कोही गएको प्रमाणित भए फिर्ती पछि भारी जरिवाना हुनेछ र तीन वर्षको लागि यात्रा प्रतिबन्ध लगाइनेछ,’ आन्तरिक मन्त्रालयले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।