काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशिल सदस्यता विवाद एकदिनमा टुंगिने विषय नभएको बताएका छन्।
बुधबार नेता लेखकले प्रतिवेदन सच्याउनका लागि भोलिसम्मको समय पाएको भन्दै सामान्य सच्याउने विषय भए सच्याउने बताए।
क्रियाशिल सदस्यताको विवाद एकदिनमा टुंगिने विषय नभएको र विवादित क्षेत्रको विषयमा नेतृत्व तहले हेर्ने उनले बताए।
छानबिन समितिको साझा कुरा सहमतिमै भएकाले सामूहिक रुपमा स्वीकार गर्ने कुरा आएको उनको भनाइ छ। ३५ दिनमा महाधिवेशन सम्पन्न हुने भएकाले पदाधिकारी बैठकमा विकल्पमा छलफल नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।