काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पूर्व पदाधिकारी र पदाधिकारी बैठकपछि बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले तोकिएकै समयमा हुने बताएका हुन्। 'महाधिवेशन सर्दैन' वरिष्ठ नेता पौडेलले भने।
नेपाली कांग्रेसमा क्रियाशिल सदस्यताको विषयमा विवाद देखिँदा भदौ १६ देखि १९ सम्मका लागि तय भएको महाधिवेशन सर्न सक्ने चर्चा चलिरहँदा वरिष्ठ नेता पौडेलको यस्तो भनाइ आएको हो। यसअघि कांग्रेसको निर्वाचन समितिले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न नसकिने बताएको थियो।
शीर्ष तहका नेताको बैठकमा समिति संयोजक महादेव यादवले समयाभाव हुने कारणलाई पुनः दोहोर्याएका छन्। यादवले पार्टीका सबै संरचनाको अधिवेशन सक्न निर्वाचन समितिलाई ५२ दिन बढी लाग्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।