काठमाडौं– भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा भएको सडक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। ट्रकले बसलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी दर्जनौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
लखनउ–अयोध्या रोडमा मंगलबार मध्यरातमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो।
प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट ट्रकले बसलाई ठक्कर दिएको थियो ।
बसमा १४० जनाभन्दा बढी सवार रहेको प्रहरीले जनाएको छ। धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
दुर्घटनाका कारण अबरुद्ध भएको सडक प्रहरीले खुलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।