इस्तानबुल- टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रेषित समाचारमा उल्लेख छ।
इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५ सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रबासीलाई अवैधरूपमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ।
टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महसुस गरेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।