काठमाडौं- उत्तर र दक्षिण कोरियाबीचमा फेरि हटलाइन सुरु भएको छ। उत्तर कोरियाले गत वर्षको जुनमा दुई देशबीचको हटलाईन बन्द गरिदिएको थियो।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखले फेरि सम्बन्ध सुधार गर्नेबारे सहमति जनाएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार दुबै देशका प्रमुखका बीचमा अप्रिलबाट कयौंपटक पत्र आदानप्रदान भएको थियो।
उत्तर र दक्षिण कोरियाका बीच एक बैठक असफल भएपछि दुबै देशबीचको सम्बन्ध बिग्रिएको थियो। यसपछि उत्तर कोरियाले जुन २०२०मा हटलाईन बन्द गरेको बीबीसीले जनाएको छ।
दुई देशबीचमा २०१८ मा सम्बन्ध सुधार हुन सुरु भएको थियो। त्यस समय दक्षिण कोरियाली राष्ट्रपति मून जे इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच तीन पटक भेटवार्ता भएको थियो।
तर किम र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोर्सो बैठक असफल भएपछि उत्तर र दक्षिण कोरियाको सम्बन्धमा गिरावट आउन थालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।