Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महन्थ ठाकुर पक्ष दलविहीन

64x64
नेपाल लाइभ सोमबार, साउन ११, २०७८  २१:०६
1140x725
फाइल तस्वीर

काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि महन्थ ठाकुरसहित उनी पक्षका नेताहरु दलविहीन भएका छन्। निर्वाचन आयोगले सोमबार यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर सहित उनी पक्षका १६ नेताले अब अर्कै पार्टी खोल्नुपर्ने अवस्था सिर्जना भएको हो। उनीहरुको लागि पूर्वपार्टी राजपाको नाम समेत उपलब्ध हुने छैन। किनकि, यादवले आफू निकट हरिनारायण यादवलाई राजपा दर्ता गर्न लगाएर सो नाम प्राविधिक रुपमा ‘कब्जा’ गरेका छन्।

१६ जना महन्थ ठाकुरको पक्षमा खुलेपछि यादव नेतृत्वको जसपामा ३४ जना मात्रै कार्यकारिणी सदस्य छन्। जेलमै भएका रेशम चौधरी निर्वाचन आयोगको ‘हेड काउन्ट’मा तटस्थ बसेका छन्। जसपाका ३४ सांसद्‌मध्ये २ जना निलम्बित छन्। त्यसमा पनि यादव पक्ष बलियो देखिन्छ। सो पक्षमा २२ सांसद् छन्। ठाकुर पक्षमा १० जना मात्रै छन्। पार्टी विवादमा यादवले बाजी मारेकाले उनको पक्ष थप बलियो हुन पनि सक्छ।

ठाकुरले नयाँ दल दर्ता गरेमा त्यतातिर लाग्ने जसपा सांसद्हरुले पद गुमाउनुपर्ने छ। त्यस्तो अवस्थामा सांसद् पद गुमाएर जानेहरुको संख्या कम मात्रै हुने सो पक्षको आकलन छ। 

यो पनि पढ्नुहोस्

महन्थ पक्षमा लागेका १६ सांसदको पद के हुन्छ ? सोमबार, साउन ११, २०७८

आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको गरेको फैसलाबाट उपेन्द्र यादव पक्ष खुसी छ। उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले निर्वाचन आयोगले आधिकारिकताका विषयमा कानुन बमोजिम फैसला गरेको बताए। आफूहरुले दलको आधिकारिकता दिन गरेको आग्रहलाई आयोगले कानुन र विधिलाई टेकेर फैसला गरेकोमा यादवले खुसी व्यक्त गरे। ‘हामीले पार्टी आधिकारिकताको माग गरेका थियौं। निर्वाचन आयोगले कानुनसम्मत फैसला गरेको छ। त्यसको स्वागत गर्दछौं’, नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘पार्टी विधान, विचार र सिद्धान्तका आधारमा अघि बढ्ने छौं। अब ३४ जना कार्यकारिणी सदस्य हुने भयो। सांसदहरु यता बस्न चाहेमा सबै बस्न सक्नेछन्।’

जसपाले आधिकारिकता विषयमा निर्णय गर्दा विपक्षमा मतदान गरेकाले ठाकुर पक्ष अब जसपा नै नभएको यादवले जिकिर गरे। आयोगको फैसला बमोजिम ठाकुर पक्षले अर्को पार्टी दर्ता गर्न सक्ने उनको भनाइ छ।

ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले पनि अब आफूहरुले अर्कै पार्टी दर्ता गर्ने र चलाउने बताए। निर्वाचन आयोगले दल दर्ताको आधिकारिता यादव पक्षलाई दिएकाले आफूहरु नयाँ दल दर्ता गरेर अघि उनको भनाइ छ। ‘निर्वाचन आयोगले यादव पक्षलाई दलको आाधिकारिकता दियो। आयोगको फैसलाले नै भनिसक्यो, अर्को दल दर्ता गरेर चलाउन सक्नु हुनेछ’, नेपाल लाइभसँग कुरा गर्दै कर्णले भने, ‘अब पार्टीमा छलफल गरेर नयाँ दल दर्ता गरेर अघि बढ्ने छौं।’

यस्तै, जसपा नेता राजेन्द्र महतोले दल कतै नगएको बताउँदै जनताले नै अर्को पार्टी बनाउने दाबी गरे। निर्वाचन आयोगले दलको विवाद मिलाउने भन्दा पनि फुटाउने काम गरेको उनले जिकिर गरे। ‘दल कतै गएको छैन। दल जनताबाट निर्माण हुने हो। त्यो ५१ जना मात्रै दल होइन। हामीले बुझेका छौं, सम्पूर्ण नेपाली जनताले बुझेका छन्’, उनले भने, ‘यो पार्टी विभाजन दुर्भाग्यपूर्ण हो। एक वर्ष पहिले एकता गरेका थियौं। अहिले यस्तो हुन्छ भन्ने कल्पना समेत गरेका थिएनौं।’

एकता भएको १५ महिनामै विभाजन
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ वैशाख २०७७ सालमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विभाजन हुने भयले वैशाख १० गते राति हतारहतार राजपा र समाजवादी पार्टीले एकता घोषणा गरेका थिए। आफूलाई तत्कालीन नेकपामा अप्ठ्यारो परेपछि ओली मधेस केन्द्रित दललाई विभाजन गरेर आफ्नो सत्ता बलियो बनाउने दाउमा लागेका थिए। त्यो चाल पाएका मधेस केन्द्रित दुई दलले एकता गरेर पार्टी विभाजनलाई रोकेका थिए। पार्टी एकता गर्दा विचार र सिद्धान्तमा पर्याप्त बहस छलफल नगरी एकता गरिएकाले छिट्टै विग्रह निम्तिएको नेताहरु नै बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त, दुई पार्टीबीच एकता भए पनि संसदीय दल एक हुन सकेको थिएन। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि एकता हुन सकेको थिएन। जनवर्गीय संगठन र अन्य विभागहरु समेत बन्न सकेको थिएन। पार्टी एक भए पनि मनोवैज्ञानिक रुपमा दुई दलको रुपमा अभ्यास हुँदै आएको थियो।

ओली सरकारको भयका कारण एकता भएको जसपा कालान्तरमा उनैलाई समर्थन गर्ने वा नगर्ने विषयलाई लिएर विभाजित हुन पुग्यो। गत पुस ५ गते ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्ने क्रममा जसपाका दुवै पक्षले एक ढिक्का भएर प्रतिवाद गरेका थिए। विघटित प्रतिनिधि सभा ब्युँतिएपछि ओली नै प्रधानमन्त्रीमा दोहोरिए। त्यसपछि ठाकुर पक्षले खुलेरै ओलीलाई साथ दिन थालेको थियो। त्यसपछि पार्टीमा विवाद चुलिन थालेको हो।

ठाकुर पक्षको साथले नै ओलीले जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरे। त्यसपछि भने जसपामा ठूलै दरार उत्पन्न भयो। त्यतिबेला यादव पक्ष ओली सरकारको विरोधमा उभियो। ठाकुर पक्षले भने ओलीलाई समर्थन गर्दै सरकारमै सामेल भयो। विवादले एउटै पार्टीमा बस्न नसक्ने भएपछि एकले अर्कोलाई पार्टीबाट निष्काशन गर्ने शृंखला पनि चल्यो। त्यसपछि भने आधिकारिकताको माग गर्दे यादव पक्ष निर्वाचन आयोगमा पुगेको हो।

आयोगले दुवै पक्षलाई राखेर असार २२ गते छलफल समेत गरेको थियो। तर, दुवै पक्षले एउटै पार्टीमा बस्न नसक्ने भन्दै कानुनअनुसार निर्णय गर्न आयोगलाई भनेका थिए। सोही अनुसार, आयोगले सुनुवाइ गर्दै जसपाको आधिकारिता टुंग्याएको हो। आयोगको निर्णयसँगै जसपा विभाजित भएको छ।
 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

'ओली प्रेम'ले कहाँबाट कहाँ पुगे महन्थ !सोमबार, साउन ११, २०७८

 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने
सम्बन्धित सामग्री
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाल आएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र पररा... शनिबार, मंसिर १२, २०८३
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने शनिबार, मंसिर १२, २०८३
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्