• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

'ओली प्रेम'ले कहाँबाट कहाँ पुगे महन्थ !

64x64
किशोर दहाल सोमबार, साउन ११, २०७८  १८:२४
1140x725

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विपक्षमै थिए, महन्थ ठाकुर। सोही दिन जारी जसपाको विज्ञप्तिमा ठाकुर र उपेन्द्र यादवको हस्ताक्षर छ। भनिएको छ- 'प्रतिनिधि सभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो। यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा हो। तसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं।' त्यतिबेला संसद विघटनविरुद्ध छिटो प्रतिक्रिया व्यक्त गर्नेमा यो पार्टी अग्रस्थानमै थियो। प्रतिक्रियाको त्यो हतारो जसपाको प्रष्टता पनि थियो।

तर, ओलीको कदमलाई अदालतले असंवैधानिक ठहर गर्‍यो। जब ओलीकै कदम असंवैधानिक भयो, त्यसपछि भने ठाकुरका निम्ति ओली प्रिय बन्न थाले। बालुवाटार धाइरहन थाले। सार्वजनिक कार्यक्रम र अन्तर्वार्तामा ओलीको प्रशंसा गर्न थाले। ओलीसँग गरेका वाचा बन्धनको कुरा गर्न थाले। केही वर्षअघिका र केही महिनायताका घटनाक्रम केलाउँदा भन्न सकिन्छ, ठाकुरलाई ओली होइन, लोकतन्त्रमाथि 'कू' गरेका ओली प्रिय भए। जीवनको उर्जाशील समयमा लोकतन्त्रकै लागि लडेका ठाकुरलाई ओली प्रिय लाग्ने समय सन्दर्भ साह्रै अनौठो रह्यो।

ठाकुरलाई संविधान मन परेको थिएन। संविधान जारी हुन नदिन र जारी भइसकेपछि त्यसका विरुद्धमा कठोर संघर्ष गरेका थिए उनले। त्यतिञ्जेल उनको आक्रोशको केन्द्रमा ओली पनि थिए, ओली मात्रै चाहिँ थिएनन्। तर, कुनै समय यस्तो थियो, राजनीतिक आरोप-प्रत्यारोपको दुई ध्रुवमा एकातिर ओली थिए, अर्कोतिर ठाकुर र राजेन्द्र महतो। जब ओलीबाट संविधान नै असुरक्षित हुन थाल्यो, तब यी दुवै ध्रुवको मिलन सम्भव भयो। ठाकुरले ओलीलाई साथ दिनुको अन्तर्य यतै कतै रहेको बुझ्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

ठाकुरले ओलीलाई त्यतिबेलासम्म छाडेनन्, जबसम्म अदालतले ओलीलाई बालुवाटारबाट बाहिर हुत्याएन। यसरी ओलीको प्रतिगमनले उनलाई मात्रै पराजित गरेन, ठाकुरको राजनीतिक विगत र वर्तमानबीच ठूलो विरोधाभाष सिर्जना गर्‍यो। 
लोकतन्त्रका लागि लामो संघर्ष गरेका ठाकुरको छवि आजको दिनमा फुटनोटमा सिमित भएको छ, प्रतिगमनका मतियार भन्ने छविचाहिँ हेडलाइन। उनी दिन प्रतिदिन निरीह भएका छन्।

ओलीको साथ लागेपछि ठाकुरले पार्टीभित्र ओलीकै शैली अपनाउन खोजेका थिए। बैठकमा नबस्ने तर एकतर्फी रुपमा पहिलो अध्यक्ष हुँ, मलाई अधिकार छ भन्ने शैली अपनाइरहेका थिए। सोही अनुसार उनले गत जेठ ३ गतेदेखि लागू हुने गरी केन्द्रीय कार्यकारिणी समितिका २० जनालाई पदमुक्त गर्दै आफू पक्षका नेता थप गरेका थिए। ठाकुरको यो कदमका सन्दर्भमा पार्टीभित्रै सन्देह प्रकट भएका छन्। उपेन्द्र यादव पक्षका नेताहरुले त किर्ते गरिएको आरोप पनि लगाएका छन्। पार्टीभित्र अल्पमत वा बहुमतमा पर्नु स्वाभाविक हो, तर ठाकुर जत्तिको नेतालाई किर्तेको आरोप लाग्नु स्वाभाविक होइन। तर, ओलीलाई साथ दिने एक सूत्रीय नशामा ठाकुरका लागि सबै स्वाभाविक भइदियो। भनिन्छ- 'प्रेम र युद्धमा सबै जायज हुन्छ।' सायद ठाकुर ओलीसँगको प्रेममा थिए।

कांग्रेसमा हुँदा होस् वा त्यसपछि तमलोपा र राजपामा हुँदा, उनी सम्मानित थिए। लोकतन्त्र र अग्रगमनका सन्दर्भमा उनको पक्षधरतामाथि कसैले शंका गरेका थिएनन्। तर, राजनीतिक जीवनको उत्तरार्द्धमा आइपुग्दा उनी प्रतिगमनको मतियारको धब्बा बोक्न बाध्य भएका छन्। राजनीतिलाई विगतसँग तुलना गर्दा उनी चम्किलै देखिएलान्, वर्तमान र भविष्य भने उनका निम्ति दिक्कलाग्दो हुनेछ।

निर्वाचन आयोगको सोमबारको फैसलासँगै ठाकुर दलविहीन बन्न पुगेका छन्। जीवनको पूर्वार्द्धदेखि राजनीतिमा होमिएका उनी उत्तरार्द्धमा अनौठो संयोगसमक्ष आइपुगेका छन्। आयोगले उनी पक्षलाई छुट्टै दल खोल्ने अवसर दिएको छ। तर, राजनीतिक रुपमा पराजित ठाकुरसँग पार्टी गठनका लागि अपिल गर्ने नैतिक बल भने सकिएको छ। सत्ताको खेलमा नलाग्ने भन्दाभन्दै मध्यरातमा 'राष्ट्रपति कार्यालयमा चिया' खान गएर प्रधानमन्त्री ओलीको प्रतिगमनमा साथ दिएका उनीसँग पार्टी विभाजनका लागि भूमिका खेलेको आरोप पनि छ। विभाजन गर्नेहरुका सन्दर्भमा नेपाली जनमत निकै अहिष्णु हुने गरेको छ। त्यो ठाकुरको हकमा पनि लागू हुनेछ।

राजनीतिलाई सम्भावनाको खेल पनि भनिन्छ, ठाकुरलाई भने सम्भावनाको सिर्जना गर्नुपर्नेछ। त्यसका लागि ठाकुरले आफूलाई कसरी प्रस्तुत गर्छन्, त्यो भने आगामी दिनमै देखिनेछ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्