काठमाडौँ– नेपाली कांग्रेसका नेता रमेश लेखले सुदूरपश्चिम प्रदेशमा आयोजित पार्टी भेला आन्तरिक विवाद सिर्जना गर्ने उद्देश्यले नभई संगठनात्मक एकता र सुदृढीकरणका लागि गरिएको बताएका छन्।
धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली काँग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका हुन्।
उनले पछिल्लो राजनीतिक घटनाक्रमपछि उत्पन्न परिस्थितिमा पार्टीभित्र देखिएको असमझदारी र आन्तरिक समस्या निर्वाचन परिणाममा समेत प्रभावकारी बनेको उल्लेख गरे। पार्टीलाई पुनः संगठित र सक्रिय बनाउँदै आगामी राजनीतिक चुनौती सामना गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
शेरबहादुर देउवा को लोकतान्त्रिक आन्दोलनमा रहेको योगदानको चर्चा गर्दै लेखकले देउवाप्रति सम्मानजनक राजनीतिक वातावरण निर्माण हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।