Photo : Fethi Belaid/AFP
काठमाडौं- ट्युनिसियाली प्रहरीले राजधानी ट्युनिसमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराको ब्यूरोमा छापा मारेको छ।
ट्युनिसियाका राष्ट्रपति काइस सेइदले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद विघटन गरेको केही घण्टापछि प्रहरीले अलजजिराको ब्यूरोमा छापा मारेको हो।
अलजजिराका अनुसार सोमबार करिब २० प्रहरी कार्यालयमा प्रवेश गरेका थिए।
ट्युनिसियामा अलजजिराको ब्यूरो प्रमुख लोती हज्जीले भने, ‘हामीलाई सुरक्षाकर्मीले छापा हान्दै छौं भनेर कुनै सूचना दिएका थिएनन्।’
छापामा संलग्न प्रहरीले भने न्यायपालिकाबाट निर्देशन लिएर छापा हानिएको जानकारी दिएका छन्। उनीहरुले कार्यरत सबै पत्रकारहरूलाई त्यहाँबाट जान आग्रह गरेका छन्।
अलजजिराका अनुसार प्रहरीले छापा हान्दा फोन बन्द गर्न आदेश दिएका थियो। यस्तै, केही उपकरणसमेत नियन्त्रणमा लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।