काठमाडौं- भारतीय कांग्रेस नेता राहुल गान्धी ट्याक्टर चढेर संसद भवन पुगेका छन्।
भारतीय सरकारको कृषि कानुनको विरोधमा उनी ट्याक्टर चढेर संसद भवन पुगेका हुन्। किसानको सन्देश लिएर आफू ट्याक्टरमा सवार भएको उनले बताए।
राहुल गान्धीले भने, “सरकार किसानको आवाज दबाइरहेको छ र संसदमा यसबारेमा चर्चा हुन दिइरहेका छैनन्। उनीहरुले यो कालो कानुन फिर्ता लिनुको विकल्प छैन। पूरा देश होइन कि यो कानुनले दुई तीन जना कारोबारीलाई मात्र फाइद पुग्छ।'
राहुलले भने, “सरकारका अनुसार किसान निकै खुसी छन् र बाहिर प्रदर्शन गर्नेहरु आतंकवादी हुन्। तर वास्तविकतामा किसानहरुबाट उनीहरुको हक छिन्न खोजिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।