काठमाडौं- अमेरिकाले आफ्नो बदनाम गरिरहेको चीनले आरोप लगाएको छ।
जारी तनाव कम गर्ने उद्देश्यका साथ तियानजिन सहरमा पुगेकी अमेरिकी उपविदेश मन्त्री वेन्डी सेरमनसँग चीनका अधिकारीहरुले यस्तो आग्रह गरेका हुन्।
चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको छ,‘ ‘अमेरिकाले आफ्नो संरचनात्मक समस्याहरूको कारण कुनै न कुनै रूपमा चीनलाई बदनाम गरिरहेको छ।’
विज्ञप्तीमा चिनियाँ उपविदेशमन्त्री सी फेंगले अमेरिकाले चीनलाई काल्पनिक दुश्मन सम्झिएको पनि बताएका छन्।
‘अमेरिकालाई हामीविरुद्ध उसको खतरनाक नीति र भयानक भ्रमित धारणा परिवर्तन गर्न आग्रह गर्दछौं’ विज्ञप्तीमा भनिएको छ। सर्मनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।