काठमाडौं- ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद विघटन गरेका छन्। ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन्। त्यसलगत्तै उनले संसद पनि विघटन गरे।
आइतबार राति उनले प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए। राष्ट्रपति काइस सेइदले आइतबार राति चालेको यो कदमको ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी गराइएको छ। त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले लिएका छन्। अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने उनले बताएका छन्।
उनले संसद पनि विघटन भएको सांसदहरुको पद स्वत खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन्।
आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए।
उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।