File Photo: Khalil Ashawi/Reuters]
काठमाडौं– टर्कीको रक्षा मन्त्रालयले उत्तरी सिरियामा भएको आक्रमणमा आफ्ना दुई सैनिक मारिएको दाबी गरेको छ। अल-बब क्षेत्रमा बख्तरबन्द गाडीमाथि भएको आक्रमणमा अन्य दुई सैनिक घाइते भएको बताइएको छ।
मन्त्रालयले घटनापछि तुरुन्तै जवाफी कारबाही गरिएको जानकारी दिएको छ। ‘आतंकवादी गतिविधिविरूद्ध हाम्रो दंडात्मक अभियान जारी छ’ समाजिक सञ्जालमा मन्त्रालयले गरेको एक विज्ञप्तिमा भनिएको छ।
सन् २०१६ मा आईएसआईएल (आईएसआईएस) का लडाकूहरू र सिरियन कुर्दियन पीपल्स प्रोटेक्शन इकाईहरू (वाईपीजी(लाई हटाउन टर्कीले सीमापार अभियान ‘युफ्रेटिस शिल्ड’चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।