काठमाडौं- अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ तालिबानी लडाकू मारिएका छन्।
देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार गरिएको सरकारी सेनाले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्।
काल्डार र चाम्ताल जिल्लामा भएको आक्रमणमापरी अरु ४३ जना घाइते भएको बताइएको छ।
घटनास्थलबाट सुरक्षाकर्मीहरुले ठूलो संख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरु पनि बरामद गरिएको जनाइएको छ।
अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ। तालिबान विद्रोही लडाकूहरुले देशभरका झण्डै २०० जिल्ला आफूहरुको नियन्त्रणमा रहेको दाबी गरेका छन्।
युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन।
यद्यपी, तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ।
शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु पर्ने तालिबानले माग गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।