काठमाडाैं- अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा पुन: कोरोना संक्रमितको संख्या बढ्न थालेछ। शनिबार राज्यमा घोषणा गरिएको लकडाउनविरुद्ध हजारौं नागरिकहरुले प्रदर्शन गरेपछि संक्रमितको बढेका हुन्।
अस्ट्रेलियाली सरकारले डेल्टा भेरियन्ट फैलिएपछि देशभर पुनः कडा प्रतिबन्ध लगाएको छ। देशको सीमावर्ती क्षेत्रहरूमा लकडाउनको अघिल्लो रणनीतिलाई निरन्तरता दिइएको हो।
तर, सरकारको यो कदम गलत भएको भन्दै ठूला सहर सिड्नी, मेलवर्न, र ब्रिस्बेनमा शनिबार हजारौं नागरिक जम्मा भएर प्रदर्शन गरेका थिए।
आइतबार त्यहाँ १६३ भन्दा बढी कोरोना संक्रमित फेला परेको बताइन्छ।
प्रधानमन्त्री स्कट मोरिसनले खोपको बन्दोबस्त हुन नसकेकोले लकडाउनको विकल्प नरहेको बताए।
‘न्यू साउथ वेल्समा लकडाउन गर्नुको विकल्प छैन। यसलाई नियन्त्रणमा राख्न लकडाउन गर्नै पर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।