काठमाडौं- भारतीय राज्य हिमाञ्चलमा आएको पहिरोमा परी कम्तीमा ९ जना पर्यटकको मृत्यु भएको छ।
किन्नापुर जिल्लाको सांगलामा आएको सुख्खा पहिरोमा खसेका ढुंगाले गाडीमा क्षति पुर्याएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। माथिबाट खसेको एउटा ढुंगाले लागेपछि पुल भत्किएको छ।
‘घटनामा ९ जनाको मृत्यु भएको र केही घाइते भएका छन्। उनीहरुको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको छ,’ हिमाञ्चलका प्रमुख सचिव अनिल खाचीले भने।
घटनापछि चिकित्सकहरूको टोली घटनास्थलमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।