• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्रशिक्षकको राजीनामाबाट उदांगियो एन्फाको ‘राजनीति’

64x64
दीप सुवेदी आइतबार, साउन १०, २०७८  २०:४७
1140x725

काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीमा परिवर्तन ल्याउने उद्देश्यका साथ कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गएको चैतमा मात्र प्रशिक्षण सम्हालेका थिए। उनलाई प्रशिक्षकमा नियुक्ति गर्नुको दुई कारण थिए, आसन्न एएफसी एसियन कप र साफ च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गर्ने। तर, एसियन कप र साफ च्याम्पियनसिप नखेल्दै अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार राजीनामा दिने घोषणा गरेका हुन्। साफ च्याम्पियनसिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका उनले अचानक राजीनामा घोषणा गरेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिनुपर्ने भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

अलमुताइरीले फेसबुकमा लेखेका छन्, ‘डियर नेपाली फ्यान्स, म राजीनामा दिन एन्फा जाँदै छु र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरो बारेमा नाटक गरेका छन्।’ अलमुताइरीले फेसबुक स्टेटसमा नेम्वाङलाई मेन्सन गर्दै ‘तपाईं अब खुसी हुनुभयो भन्ने मलाई आशा छ’ समेत लेखेका छन्।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो-लाइसेन्स अनिवार्य गरेपछि अलमुताइरी नेपाल आइपुगेका थिए। नेपाली मिडियासामु प्रस्तुत हुने क्रममा उनले भनेका थिए, ‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ। हामी ४-३-३ शैलीमा खेल्नेछौं र आक्रामक रहनेछौं। मसँग जादूयी उपाय केही छैन, तर मैले कडा मिहिनेत गर्नेछु। खेलाडीले पनि उत्तिकै कडा मिहिनेत गर्नु पर्नेछ।’

उनको नेतृत्वमा गत महिना नेपालले चार खेल खेलेको थियो। इराकविरुद्ध मैत्रीपूर्ण र विश्वकप तथा एसिया कप छनोटमा अरु तीन खेल खेलेको थियो। चार वटै बलिया टोलीविरुद्ध खेलेको नेपालले एउटामा मात्र जित हात पारेको थियो। चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गर्दा नेपाल जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजित भएको थियो। त्यसअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित भएको थियो।

अलमुताइरीले नेतृत्व सम्हाल्नुअघि नै विश्वकप २०२२ छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना सकिइसकेको थियो। दोस्रो चरणमा नेपालले बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नुपर्ने कारण तेस्रो चरणमा पुग्ने नेपालको संभावना ज्यादै कम थियो। यसलाई परिवर्तन गर्न उनीसँग कुनै जादूको छडी थिएन।

तर, यो खेल एसियन कप २०२३ को छनोट पनि थियो। एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना भने केही बलियो थियो। ‘होम एन्ड अवे’को नियम भए पनि कोरोना महामारीका कारण नेपालले घरेलु मैदानमा हुनुपर्ने बाँकी तीन खेल कुवेताको राजधानी कुवेत सिटीमा खेलेको थियो। जहाँ जोर्डन र अस्ट्रेलियामध्ये एक टोलीलाई हराउनै पर्ने थियो। तर, दुवै देशसँग नेपाल पराजित भयो। 

यो पनि पढ्नुहोस्

फुटबलमा प्रशिक्षक नयाँ, ‘भिजन’ पुरानैशनिबार, जेठ २२, २०७८

यद्यपि, नेपाललाई ‘भाग्य’ले साथ दियो। उत्तर कोरियाले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि एसियन कप छनोटको 'प्लेअफ' नखेली नेपाल सिधै तेस्रो चरणमा प्रवेश पायो। प्रशिक्षक अलमुताइरीको यसमा कुनै हात थिएन। 

Ncell 2
Ncell 2

उनको प्रशिक्षणमा नेपालको रक्षापंक्तिमा सुधार देखियो। बलियो टोलीसँग कम गोल खाएपछि अलमुताइरीको प्रशंसा भयो। उनले दुई वर्षमा नेपाली फुटबल टोलीको प्रदर्शनमा सुधार गर्ने वाचा गरेका थिए। हालसम्म खेलेका खेलमा उनको रणनीति केही सफल पनि भएको थियो। तर, टोलीले जित संख्यामा उल्लेख्य परिवर्तन गर्न भने सकेन। 

यसरी प्रशिक्षक भएका थिए अलमुताइरी
प्रशिक्षक अलमुताइरी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच घनिष्ट सम्बन्ध छ। शेर्पाकै पहलामा उनी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका हुन्। उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्छ। नेपाल बसाइको खर्च भने एन्फाले गर्ने सम्झौता छ। 

तर, एन्फामा नियमितजसो भइरहने विवादका कारण कोही पनि प्रशिक्षक नेपालमा लामो समय टिक्न सकेका छैनन्। १ मार्च २०१९ मा स्वीडेनका योहान कालिन नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले चार मैत्रीपूर्णसहित जम्मा आठ खेल खेलेको थियो। 

चार महिनामा चार मैत्रीपूर्ण खेल खेलाएका कालिनले नेपाललाई जित दिलाउन भने सकेनन्। त्यसपछि सुरु भएको कोरोना महामारीका कारण उनी १४ चैत २०७६ मा स्वदेश फर्किए। दुई वर्षका लागि प्रशिक्षकको जिम्मेवारी पाएका उनले कार्यकाल नसकी स्वीडेनबाटै राजीनामा पठाएका थिए।

चार महिनामा चार मैत्रीपूर्ण खेल खेलाएका कालिनले नेपाललाई जित दिलाउन भने सकेनन्। त्यसपछि सुरु भएको कारोना महामारीका कारण उनी १४ चैत २०७६ मा स्वदेश फर्किए। दुई वर्षका लागि प्रशिक्षकको जिम्मेवारी पाएका उनले कार्यकाल नसकी स्वीडेनबाटै राजीनामा पठाएका थिए। एन्फाभित्रको ‘राजनीति’कै कारण उनले राजीनामा दिएको मानिन्छ।

उनको कार्यकालमा पनि नेपालले बलिया टोलीसँग खेलेको थियो। नेपालको खेल्ने शैली राम्रो हुँदै थियो। तर, उनलाई हटाउन एन्फा अध्यक्ष शेर्पासहित केही पदाधिकारी नै लागेका थिए। त्यसलगत्तै आलोचनाबाट बच्‍न शेर्पाले थ्री नेसन्स कप विजेता प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा अलमुताइरीलाई मौका दिएका थिए। त्यतिन्जेलसम्म अलमुताइरीले कुनै पनि राष्ट्रिय टोली सम्हालेका थिएनन्।

एफसी ‘कोचिङ इन्सट्रक्टर’ समेत रहेका उनी थ्री नेसन्स कपअगाडि नै नेपाल आइपुगेका थिए। उनीसँग कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएको अनुभव थियो। यस्तै, उनले कीर्गिस्तानको यु-१७ टिम पनि सम्हालेका थिए। उनीसँग साउदी अरेबिया र कुवेतका विभिन्न क्लबको प्रशिक्षक भएको अनुभव पनि छ। 

यो पनि पढ्नुहोस्

नेपाली फुटबलमा ‘इमोशनल ब्ल्याकमेल’मंगलबार, जेठ ११, २०७८

अलमुताइरी प्रशिक्षण विभागमा रहेर काम गर्ने गरी नेपाल आउन लागेको एन्फाले सार्वजनिक गरेको थियो। तर, प्रशिक्षक नै बनाएर भित्र्याउने विषय एन्फाले सार्वजनिक गरेको थिएन। एन्फाको राजनीति बुझेका कुनै प्रशिक्षक नेपाल आउन नमान्नु र नेपाली प्रशिक्षकसँग प्रो-लाइसेन्स नहुनुका कारण अलमुताइरीले कुनै  देशको सिनियर टोली सम्हाल्ने आफ्नो चाहना पूरा गर्ने अस्त्र एन्फालाई बनाए। 

त्यसपछि उनी सामाजिक सञ्जालमार्फत् एन्फाका अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधरबाहेक अन्य पदाधिकारीमाथि निरन्तर ‘धावा’ बोलिरहे। त्यति मात्र नभइ नेपाली फुटबल समर्थक र पत्रकारमाथि समेत दुर्व्यवहार गरे। उनका हर्कतमाथि एन्फाले भने नदेखेझैं गरिरह्यो। 

अलमुताइरीसँगको सम्झौता अप्रिल २०२२ सम्म थियो। तर, आफ्नो सम्बन्धलाई उपयोग गर्दै उनले नेपाल बसाइ लम्ब्याउने प्रस्ताव एन्फामा पेस गरे। नेपाल आएको तीन महिना नपुग्दै उनले उक्त प्रस्ताव लगेका थिए, त्यसको कारण अध्यक्ष शेर्पासँगको सम्बन्ध नै थियो। 

एन्फाका प्रवक्ता किरण राई भन्छन्, ‘कतार फुटबल संघले उहाँलाई नियुक्त गरेको हो। त्यसैले अवधि सकिने बेलामा प्रस्ताव गर्दा प्रक्रियामा ढिलाइ पनि हुनसक्छ। त्योभन्दा अगाडि नै आफ्नो प्रस्ताव राख्दा सहज हुने देखेर गरेका हौं।’ उनका अनुसार टोलीको प्रदर्शनबाट भविष्यका लागि आशावादी भएरै अलमुताइरीको प्रशिक्षण अवधि सेप्टेम्बर २०२२ सम्म लम्ब्याउन एन्फाले कतार फुटबल संघलाई पत्राचार गरिसकेको छ। ‘प्रस्ताव पारित भए तोकिएभन्दा ६ महिना बढी उनी नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक हुनेछन्। तर, सम्झौता थपका विषयमा कतारबाट जवाफ आइसकेको छैन,’ उनले भने। 

यता, एन्फाका एक पदाधिकारी भने टोलीको प्रदर्शन र भविष्यका लागि आशावादी भएर नभइ अलमुताइरी आफैंले एन्फामाथि दबाब बढाएर आफ्नो कार्यकाल लम्ब्याउन खोजेको बताउँछन्। उनी भन्छन्, ‘आफ्नो सम्झौता थप्‍नका लागि उहाँ आफैंले एन्फामाथि दबाब दिनुभएको हो। उहाँले आफ्नो पारिश्रमिकमा पनि परिमार्जन हुनुपर्ने माग राख्नुभएको छ। त्यहीअनुसार एन्फाले नयाँ सम्झौताको प्रस्ताव पठाएको छ।’

अलमुताइरीको व्यवहारबाट एन्फाको टेक्निकल कमिटीको संयोजक कृष्ण थापा पनि हैरान थिए। एन्फाका उपाध्यक्षसमेत रहेका थापाले शुक्रबार राजीनामा बुझाउँदा विधि र विधानविपरीत कार्य हुँदै आएको बताएका थिए। ‘म पनि एक जिम्मेवार व्यक्ति हुँ। मलाई कुनै जानकारी नदिइ, सरसल्लाह नगरी राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकको करार थप्‍ने काम भएपछि मलाई सह्य भएन,’ उनले भने, ‘विधिविधानविपरीत काम हुँदै आएकोले पदमा बस्‍न नैतिकताले दिएन। त्यसैले राजीनामा दिएको हुँ।’

महासचिव तुलाधरको ‘शंकास्पद भूमिका’
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले आफ्नो कारणले पदबाट राजीनामा दिने घोषणा गरेको सुन्दा आश्चार्य लागेको एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले बताएका छन्। पछिल्लो तीन सातादेखि आफ्नो भेट अलमुताइरीसँग नभएको र नेपालको जितमा म्यासेन्जरमार्फत शुभकामना मात्र आदानप्रदान भएको उनको भनाइ छ।

महासचिव तुलाधरसँगको मिलेमतोमा अलमुताइरीले आफूमाथि झूटो आरोप लगाएर सामाजिक सन्जालमार्फत राजीनामा घोषणा गरेको उनको भनाइ छ। केही विषयमा भएका असहमतिबारे आफूले तुलाधरलाई जानकारी दिएको उनले बताए। प्रशिक्षकले एउटा मिडियालाई दिएको अन्तरवार्ताका विषयप्रति पनि आफूले महासचिवसमक्ष असहमति राखेको उनी बताउँछन्। 

‘प्रशिक्षकले एक अनलाइनलाई दिनुभएको अन्तर्वार्तामा फुटबल विकासका लागि एन्फाको पदाधिकारी पनि परिवर्तन हुनुपर्छ भन्नुभएको छ। त्यो बोल्ने अधिकार उहाँलाई छैन। आफ्नो क्षेत्रभन्दा बाहिरको विषयमा बोलेपछि मैले महासचिव र सहायक प्रशिक्षक किरण श्रेष्ठमार्फत् गुनासो राखेको हुँ,’ उनले भने, ‘योभन्दा बढी मैले केही भनेको छैन र उहाँसँग व्यक्तिगत चिनजान पनि छैन।’

उनका अनुसार महासचिव तुलाधरले प्रशिक्षक अलमुताइरीलाई मौखिक रुपमा सचेत गराएका थिए। ‘महासचिवले उहाँलाई के भन्नुभयो मलाई थाहा भएन। तर, मौखिक रुपमा जानकारी गराइसकेको र आइन्दा त्यस्तो हुँदैन भनेर मलाई महासचिवले भन्नुभएको थियो,’ उनले भने।

आफ्नो नाम जोडेर राजीनामा दिनु पूर्वाग्राह भएको भन्दै नेम्वाङले एन्फा अध्यक्ष शेर्पासँग छानबिन समिति बनाउन माग गर्ने बताए। ‘ममाथि प्रशिक्षकले मित्थ्या आरोप लगाउन पाइँदैन। उहाँले आरोप प्रमाणित गर्नुपर्दछ। म दोषी भए मलाई र उहाँ दोषी भए उहाँलाई कारबाही होस्,’ उनले भने।

बारम्बार सचेत गराइरहेका थियौं : महासचिव तुलाधर

प्रशिक्षक अलमुताइरीले एक अनलाइनलाई दिएको अन्तर्वार्तामा फुटबलको विकास गर्ने भए खेलाडीको मात्रै होइन एन्फाका पदाधिकारीको व्यवहारलाई पनि परिवर्तन गर्नुपर्छ भनेर भन्नुभएको भन्दै पंकजजीले मसँग गुनासो गर्नुभएको थियो। यो विषयमा मैले बुझ्‍ने कोसिस गरेँ। हामीले अन्तर्वार्ता पनि हेर्‍यौं, तर कोही एन्फा पदाधिकारीलाई नै तोकेर त त्यस्तो केही भन्नुभएको रहेनछ। 

इन्द्रमान तुलाधर, महासचिव, एन्फा

तैपनि उहाँलाई बोलाएर मैले अन्तर्वार्ता दिँदा अलिकति ध्यान दिएर बोल्न भनेको थिएँ। उहाँले मलाई ‘समग्र फुटबलबारेमा भनेको हुँ, कसैलाई तोकेर भनेको छैन’ भन्नुभयो। आउँदो दिनमा करेक्सन गर्ने वाचा पनि गर्नुभएको थियो।

त्यसको केही दिनपछि उहाँले सामाजिक सञ्जालमार्फत् एन्फा अध्यक्षलाई ‘हेप्पी बर्थडे फ्रेन्ड’ भन्दै शुभकामना दिनुभएको थियो। त्यसरी शुभकामना दिँदा इज्जत नपुगेको भनेर केही पदाधिकारीले कुरा उठाउनुभएको थियो। त्यसपछि प्रशिक्षकले ‘के भनेर सम्बोधन गर्नुपर्छ?’ भनेर मलाई सोध्नुभएको थियो। मैले प्रसिडेन्टलाई प्रसिडेन्ट नै भन्न सुझाव दिएँ। उहाँले चाहिँ अनावश्यक विवाद गरेको भनेर चित्त दुखाउनुभयो। 

उहाँलाई नम्र हुन बारम्बार सम्झाइरहेका थियौँ। आज सामाजिक सञ्जालमार्फत् राजीनामा दिने भनेर भन्नुभएको रहेछ। मैले त ढिला थाहा पाएँ। उहाँ एन्फा आउनुभएको थियो। अध्यक्षलाई भेटेर जानुभयो। मलाई भेट्नुभएको छैन।

साफ नजिकिँदै छ, प्रशिक्षकको खाँचो छ भनेर उहाँलाई सम्झाएको छौं। उहाँ बस्नुहुन्छ कि के गर्नुहुन्छ थाहा छैन।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरियो बिहीबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न दोस्रो सेमिफाइनलमा भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान... शुक्रबार, असोज १०, २०८२
बंगलादेश र नेपालको खेल गोलरहित बराबरीमा सकियो खेलको दशौं मिनेटमै बंगलादेशले गोल गरे पनि अफसाइड भएका कारण उक्त गोलले मान्यता पाएन । अन्तिमसम्म दुवै टोलीले धेरै प्रयास गरे पनि गोल... शनिबार, भदौ २१, २०८२
गोलरहित बराबरी सकियो पहिलो हाफ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि गोल भने गर्न सकेनन्। शनिबार, भदौ २१, २०८२
ताजा समाचारसबै
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्