• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्रशिक्षकको राजीनामाबाट उदांगियो एन्फाको ‘राजनीति’

64x64
दीप सुवेदी आइतबार, साउन १०, २०७८  २०:४७
1140x725

काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीमा परिवर्तन ल्याउने उद्देश्यका साथ कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गएको चैतमा मात्र प्रशिक्षण सम्हालेका थिए। उनलाई प्रशिक्षकमा नियुक्ति गर्नुको दुई कारण थिए, आसन्न एएफसी एसियन कप र साफ च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गर्ने। तर, एसियन कप र साफ च्याम्पियनसिप नखेल्दै अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार राजीनामा दिने घोषणा गरेका हुन्। साफ च्याम्पियनसिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका उनले अचानक राजीनामा घोषणा गरेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिनुपर्ने भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

अलमुताइरीले फेसबुकमा लेखेका छन्, ‘डियर नेपाली फ्यान्स, म राजीनामा दिन एन्फा जाँदै छु र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरो बारेमा नाटक गरेका छन्।’ अलमुताइरीले फेसबुक स्टेटसमा नेम्वाङलाई मेन्सन गर्दै ‘तपाईं अब खुसी हुनुभयो भन्ने मलाई आशा छ’ समेत लेखेका छन्।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो-लाइसेन्स अनिवार्य गरेपछि अलमुताइरी नेपाल आइपुगेका थिए। नेपाली मिडियासामु प्रस्तुत हुने क्रममा उनले भनेका थिए, ‘नेपालले अबदेखि सुन्दर फुटबल खेल्नेछ। हामी ४-३-३ शैलीमा खेल्नेछौं र आक्रामक रहनेछौं। मसँग जादूयी उपाय केही छैन, तर मैले कडा मिहिनेत गर्नेछु। खेलाडीले पनि उत्तिकै कडा मिहिनेत गर्नु पर्नेछ।’

उनको नेतृत्वमा गत महिना नेपालले चार खेल खेलेको थियो। इराकविरुद्ध मैत्रीपूर्ण र विश्वकप तथा एसिया कप छनोटमा अरु तीन खेल खेलेको थियो। चार वटै बलिया टोलीविरुद्ध खेलेको नेपालले एउटामा मात्र जित हात पारेको थियो। चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गर्दा नेपाल जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजित भएको थियो। त्यसअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित भएको थियो।

अलमुताइरीले नेतृत्व सम्हाल्नुअघि नै विश्वकप २०२२ छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना सकिइसकेको थियो। दोस्रो चरणमा नेपालले बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नुपर्ने कारण तेस्रो चरणमा पुग्ने नेपालको संभावना ज्यादै कम थियो। यसलाई परिवर्तन गर्न उनीसँग कुनै जादूको छडी थिएन।

तर, यो खेल एसियन कप २०२३ को छनोट पनि थियो। एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना भने केही बलियो थियो। ‘होम एन्ड अवे’को नियम भए पनि कोरोना महामारीका कारण नेपालले घरेलु मैदानमा हुनुपर्ने बाँकी तीन खेल कुवेताको राजधानी कुवेत सिटीमा खेलेको थियो। जहाँ जोर्डन र अस्ट्रेलियामध्ये एक टोलीलाई हराउनै पर्ने थियो। तर, दुवै देशसँग नेपाल पराजित भयो। 

यो पनि पढ्नुहोस्

फुटबलमा प्रशिक्षक नयाँ, ‘भिजन’ पुरानैशनिबार, जेठ २२, २०७८

यद्यपि, नेपाललाई ‘भाग्य’ले साथ दियो। उत्तर कोरियाले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि एसियन कप छनोटको 'प्लेअफ' नखेली नेपाल सिधै तेस्रो चरणमा प्रवेश पायो। प्रशिक्षक अलमुताइरीको यसमा कुनै हात थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

उनको प्रशिक्षणमा नेपालको रक्षापंक्तिमा सुधार देखियो। बलियो टोलीसँग कम गोल खाएपछि अलमुताइरीको प्रशंसा भयो। उनले दुई वर्षमा नेपाली फुटबल टोलीको प्रदर्शनमा सुधार गर्ने वाचा गरेका थिए। हालसम्म खेलेका खेलमा उनको रणनीति केही सफल पनि भएको थियो। तर, टोलीले जित संख्यामा उल्लेख्य परिवर्तन गर्न भने सकेन। 

यसरी प्रशिक्षक भएका थिए अलमुताइरी
प्रशिक्षक अलमुताइरी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच घनिष्ट सम्बन्ध छ। शेर्पाकै पहलामा उनी कतार फुटबल संघसँगको सहकार्यमा नेपाल आएका हुन्। उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्छ। नेपाल बसाइको खर्च भने एन्फाले गर्ने सम्झौता छ। 

तर, एन्फामा नियमितजसो भइरहने विवादका कारण कोही पनि प्रशिक्षक नेपालमा लामो समय टिक्न सकेका छैनन्। १ मार्च २०१९ मा स्वीडेनका योहान कालिन नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले चार मैत्रीपूर्णसहित जम्मा आठ खेल खेलेको थियो। 

चार महिनामा चार मैत्रीपूर्ण खेल खेलाएका कालिनले नेपाललाई जित दिलाउन भने सकेनन्। त्यसपछि सुरु भएको कोरोना महामारीका कारण उनी १४ चैत २०७६ मा स्वदेश फर्किए। दुई वर्षका लागि प्रशिक्षकको जिम्मेवारी पाएका उनले कार्यकाल नसकी स्वीडेनबाटै राजीनामा पठाएका थिए।

Xtrem

Xtrem

चार महिनामा चार मैत्रीपूर्ण खेल खेलाएका कालिनले नेपाललाई जित दिलाउन भने सकेनन्। त्यसपछि सुरु भएको कारोना महामारीका कारण उनी १४ चैत २०७६ मा स्वदेश फर्किए। दुई वर्षका लागि प्रशिक्षकको जिम्मेवारी पाएका उनले कार्यकाल नसकी स्वीडेनबाटै राजीनामा पठाएका थिए। एन्फाभित्रको ‘राजनीति’कै कारण उनले राजीनामा दिएको मानिन्छ।

उनको कार्यकालमा पनि नेपालले बलिया टोलीसँग खेलेको थियो। नेपालको खेल्ने शैली राम्रो हुँदै थियो। तर, उनलाई हटाउन एन्फा अध्यक्ष शेर्पासहित केही पदाधिकारी नै लागेका थिए। त्यसलगत्तै आलोचनाबाट बच्‍न शेर्पाले थ्री नेसन्स कप विजेता प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा अलमुताइरीलाई मौका दिएका थिए। त्यतिन्जेलसम्म अलमुताइरीले कुनै पनि राष्ट्रिय टोली सम्हालेका थिएनन्।

एफसी ‘कोचिङ इन्सट्रक्टर’ समेत रहेका उनी थ्री नेसन्स कपअगाडि नै नेपाल आइपुगेका थिए। उनीसँग कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएको अनुभव थियो। यस्तै, उनले कीर्गिस्तानको यु-१७ टिम पनि सम्हालेका थिए। उनीसँग साउदी अरेबिया र कुवेतका विभिन्न क्लबको प्रशिक्षक भएको अनुभव पनि छ। 

यो पनि पढ्नुहोस्

नेपाली फुटबलमा ‘इमोशनल ब्ल्याकमेल’मंगलबार, जेठ ११, २०७८

अलमुताइरी प्रशिक्षण विभागमा रहेर काम गर्ने गरी नेपाल आउन लागेको एन्फाले सार्वजनिक गरेको थियो। तर, प्रशिक्षक नै बनाएर भित्र्याउने विषय एन्फाले सार्वजनिक गरेको थिएन। एन्फाको राजनीति बुझेका कुनै प्रशिक्षक नेपाल आउन नमान्नु र नेपाली प्रशिक्षकसँग प्रो-लाइसेन्स नहुनुका कारण अलमुताइरीले कुनै  देशको सिनियर टोली सम्हाल्ने आफ्नो चाहना पूरा गर्ने अस्त्र एन्फालाई बनाए। 

त्यसपछि उनी सामाजिक सञ्जालमार्फत् एन्फाका अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधरबाहेक अन्य पदाधिकारीमाथि निरन्तर ‘धावा’ बोलिरहे। त्यति मात्र नभइ नेपाली फुटबल समर्थक र पत्रकारमाथि समेत दुर्व्यवहार गरे। उनका हर्कतमाथि एन्फाले भने नदेखेझैं गरिरह्यो। 

अलमुताइरीसँगको सम्झौता अप्रिल २०२२ सम्म थियो। तर, आफ्नो सम्बन्धलाई उपयोग गर्दै उनले नेपाल बसाइ लम्ब्याउने प्रस्ताव एन्फामा पेस गरे। नेपाल आएको तीन महिना नपुग्दै उनले उक्त प्रस्ताव लगेका थिए, त्यसको कारण अध्यक्ष शेर्पासँगको सम्बन्ध नै थियो। 

एन्फाका प्रवक्ता किरण राई भन्छन्, ‘कतार फुटबल संघले उहाँलाई नियुक्त गरेको हो। त्यसैले अवधि सकिने बेलामा प्रस्ताव गर्दा प्रक्रियामा ढिलाइ पनि हुनसक्छ। त्योभन्दा अगाडि नै आफ्नो प्रस्ताव राख्दा सहज हुने देखेर गरेका हौं।’ उनका अनुसार टोलीको प्रदर्शनबाट भविष्यका लागि आशावादी भएरै अलमुताइरीको प्रशिक्षण अवधि सेप्टेम्बर २०२२ सम्म लम्ब्याउन एन्फाले कतार फुटबल संघलाई पत्राचार गरिसकेको छ। ‘प्रस्ताव पारित भए तोकिएभन्दा ६ महिना बढी उनी नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक हुनेछन्। तर, सम्झौता थपका विषयमा कतारबाट जवाफ आइसकेको छैन,’ उनले भने। 

यता, एन्फाका एक पदाधिकारी भने टोलीको प्रदर्शन र भविष्यका लागि आशावादी भएर नभइ अलमुताइरी आफैंले एन्फामाथि दबाब बढाएर आफ्नो कार्यकाल लम्ब्याउन खोजेको बताउँछन्। उनी भन्छन्, ‘आफ्नो सम्झौता थप्‍नका लागि उहाँ आफैंले एन्फामाथि दबाब दिनुभएको हो। उहाँले आफ्नो पारिश्रमिकमा पनि परिमार्जन हुनुपर्ने माग राख्नुभएको छ। त्यहीअनुसार एन्फाले नयाँ सम्झौताको प्रस्ताव पठाएको छ।’

अलमुताइरीको व्यवहारबाट एन्फाको टेक्निकल कमिटीको संयोजक कृष्ण थापा पनि हैरान थिए। एन्फाका उपाध्यक्षसमेत रहेका थापाले शुक्रबार राजीनामा बुझाउँदा विधि र विधानविपरीत कार्य हुँदै आएको बताएका थिए। ‘म पनि एक जिम्मेवार व्यक्ति हुँ। मलाई कुनै जानकारी नदिइ, सरसल्लाह नगरी राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकको करार थप्‍ने काम भएपछि मलाई सह्य भएन,’ उनले भने, ‘विधिविधानविपरीत काम हुँदै आएकोले पदमा बस्‍न नैतिकताले दिएन। त्यसैले राजीनामा दिएको हुँ।’

महासचिव तुलाधरको ‘शंकास्पद भूमिका’
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले आफ्नो कारणले पदबाट राजीनामा दिने घोषणा गरेको सुन्दा आश्चार्य लागेको एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले बताएका छन्। पछिल्लो तीन सातादेखि आफ्नो भेट अलमुताइरीसँग नभएको र नेपालको जितमा म्यासेन्जरमार्फत शुभकामना मात्र आदानप्रदान भएको उनको भनाइ छ।

महासचिव तुलाधरसँगको मिलेमतोमा अलमुताइरीले आफूमाथि झूटो आरोप लगाएर सामाजिक सन्जालमार्फत राजीनामा घोषणा गरेको उनको भनाइ छ। केही विषयमा भएका असहमतिबारे आफूले तुलाधरलाई जानकारी दिएको उनले बताए। प्रशिक्षकले एउटा मिडियालाई दिएको अन्तरवार्ताका विषयप्रति पनि आफूले महासचिवसमक्ष असहमति राखेको उनी बताउँछन्। 

‘प्रशिक्षकले एक अनलाइनलाई दिनुभएको अन्तर्वार्तामा फुटबल विकासका लागि एन्फाको पदाधिकारी पनि परिवर्तन हुनुपर्छ भन्नुभएको छ। त्यो बोल्ने अधिकार उहाँलाई छैन। आफ्नो क्षेत्रभन्दा बाहिरको विषयमा बोलेपछि मैले महासचिव र सहायक प्रशिक्षक किरण श्रेष्ठमार्फत् गुनासो राखेको हुँ,’ उनले भने, ‘योभन्दा बढी मैले केही भनेको छैन र उहाँसँग व्यक्तिगत चिनजान पनि छैन।’

उनका अनुसार महासचिव तुलाधरले प्रशिक्षक अलमुताइरीलाई मौखिक रुपमा सचेत गराएका थिए। ‘महासचिवले उहाँलाई के भन्नुभयो मलाई थाहा भएन। तर, मौखिक रुपमा जानकारी गराइसकेको र आइन्दा त्यस्तो हुँदैन भनेर मलाई महासचिवले भन्नुभएको थियो,’ उनले भने।

आफ्नो नाम जोडेर राजीनामा दिनु पूर्वाग्राह भएको भन्दै नेम्वाङले एन्फा अध्यक्ष शेर्पासँग छानबिन समिति बनाउन माग गर्ने बताए। ‘ममाथि प्रशिक्षकले मित्थ्या आरोप लगाउन पाइँदैन। उहाँले आरोप प्रमाणित गर्नुपर्दछ। म दोषी भए मलाई र उहाँ दोषी भए उहाँलाई कारबाही होस्,’ उनले भने।

बारम्बार सचेत गराइरहेका थियौं : महासचिव तुलाधर

प्रशिक्षक अलमुताइरीले एक अनलाइनलाई दिएको अन्तर्वार्तामा फुटबलको विकास गर्ने भए खेलाडीको मात्रै होइन एन्फाका पदाधिकारीको व्यवहारलाई पनि परिवर्तन गर्नुपर्छ भनेर भन्नुभएको भन्दै पंकजजीले मसँग गुनासो गर्नुभएको थियो। यो विषयमा मैले बुझ्‍ने कोसिस गरेँ। हामीले अन्तर्वार्ता पनि हेर्‍यौं, तर कोही एन्फा पदाधिकारीलाई नै तोकेर त त्यस्तो केही भन्नुभएको रहेनछ। 

इन्द्रमान तुलाधर, महासचिव, एन्फा

तैपनि उहाँलाई बोलाएर मैले अन्तर्वार्ता दिँदा अलिकति ध्यान दिएर बोल्न भनेको थिएँ। उहाँले मलाई ‘समग्र फुटबलबारेमा भनेको हुँ, कसैलाई तोकेर भनेको छैन’ भन्नुभयो। आउँदो दिनमा करेक्सन गर्ने वाचा पनि गर्नुभएको थियो।

त्यसको केही दिनपछि उहाँले सामाजिक सञ्जालमार्फत् एन्फा अध्यक्षलाई ‘हेप्पी बर्थडे फ्रेन्ड’ भन्दै शुभकामना दिनुभएको थियो। त्यसरी शुभकामना दिँदा इज्जत नपुगेको भनेर केही पदाधिकारीले कुरा उठाउनुभएको थियो। त्यसपछि प्रशिक्षकले ‘के भनेर सम्बोधन गर्नुपर्छ?’ भनेर मलाई सोध्नुभएको थियो। मैले प्रसिडेन्टलाई प्रसिडेन्ट नै भन्न सुझाव दिएँ। उहाँले चाहिँ अनावश्यक विवाद गरेको भनेर चित्त दुखाउनुभयो। 

उहाँलाई नम्र हुन बारम्बार सम्झाइरहेका थियौँ। आज सामाजिक सञ्जालमार्फत् राजीनामा दिने भनेर भन्नुभएको रहेछ। मैले त ढिला थाहा पाएँ। उहाँ एन्फा आउनुभएको थियो। अध्यक्षलाई भेटेर जानुभयो। मलाई भेट्नुभएको छैन।

साफ नजिकिँदै छ, प्रशिक्षकको खाँचो छ भनेर उहाँलाई सम्झाएको छौं। उहाँ बस्नुहुन्छ कि के गर्नुहुन्छ थाहा छैन।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्