काठमाडाैं- भारतमा भारी वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ। अरु दर्जनौं हराइरहेकाको भारतीय अधिकारीले बताएका छन्।
भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भइरहेकाे छ। भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ।
पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।