काठमाडौं– चीनले पूर्व वाणिज्यमन्त्रीसहित सात जना अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ।
पूर्व वाणिज्यमन्त्री विल्बर रससहित सात जना नागरिक र केही अमेरिकी निकायमाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो।
अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि पेचिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको निर्णय सार्वजनिक गरेको हो।
हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङका चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो। जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।