काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (एमाले)का नेता रामबहादुर थापा 'बादल'सँग भेटवार्ता गरेका छन्।
बादललाई भेट्न उनी शनिबार दिउँसो ४ बजे जोरपाटीस्थित उनको निवासमा पुगेका थिए। उनीहरुबीच करिब दुई घण्टा संवाद भएको बादलनिकट एक नेताले बताए।
भेटवार्तामा विप्लवसँगै उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मलगायत सहभागी थिए। आजै बिहान विप्लवले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग उनकै निवास हात्तिवनमा भेटवार्ता गरेका थिए।
विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। उनले प्राय: सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।