काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
महन्थलाई भेट्न उनी शनिबार बिहान हात्तिवनस्थित महन्थनिवास पुगेका थिए।उनीहरुबीच ९ देखि १० बजेसम्म एक घण्टा कुराकानी भएको जसपा अध्यक्ष ठाकुरनिकट एक नेताले बताए।
महन्थसँगको भेटवार्तामा विप्लवसँगै उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मसमेत सहभागी थिए।
विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। उनले प्राय: सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।