• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

नाटक खेल्ने केटीको विद्रोह

एलबी क्षेत्री शनिबार, साउन ९, २०७८  १७:५३
1140x725

नेपालमा कथाको परिभाषा लेख्न अझै बाँकी छ कि? जस्तै, कथा र लघुकथाको भिन्नता के हो? शब्द सङ्ख्याले मात्र यी दुई विधालाई छुट्टयाउने हो? शब्दसङ्ख्याको सीमा तोकेर बनाइएका मापदण्डले कथाको निर्बन्ध र पूर्ण आकारलाई कतिको न्याय गर्छ? चुड्के कथाहरूलाई कुन ठाउँमा राख्ने? यी विषयमा गम्भीर छलफल हुनुपर्छ।

आकारकै आधारमा कथाका अगाडि लघु, लामा, छोटा आदिजस्ता उपसर्ग लगाउँदा तिनले कथा हुनुको विशेषतालाई सङ्केत गर्छन् कि फगत कथाको लम्बाइलाई? यस विषयको प्राज्ञिक निरुपण पनि हुन जरुरी छ। यसको नेतृत्व देशकै जेठो त्रिभुवन विश्वविद्यालयले लिए बहस थप सार्थक हुनसक्छ।

यी प्रसंग उठाउन प्रेरित गरेको हो, मधुपर्क कथा विषेशाङ्क ९जेठ(असार, २०७८० ले। यसमा संग्रहित लामा छोटा ३६ वटै कथा पढेँ। केही घटना विशेष कथा बनेका छन्, केही विवरण ९सांस्कृतिक परिचय० कथा बनेका छन्। जे होस्, यी कथा पढेपछि कथा लेखनको प्राविधिक पक्ष र बुनोटको दृष्टिकोणबाट कोही नेपाली कथा विशेषज्ञको समालोचकीय धारणा पढ्ने तीव्र इच्छा पलाएको छ।

यो लेखमा भने ‘नाटक खेल्ने केटी’बारे चर्चा गर्नेछु। कथाको आरम्भमै कथाकर रामशेखर पाठकहरूमा उत्सुकता जगाउन सक्षम छन् । कसैले ‘माथि नै आउनुस्’ भनेको सुनेर कथावाचक मपात्र उत्सुक हुन्छ। माथि बोलाउने मान्छे भने दृश्यमा देखिँदैन। त्यसैले पाठक पनि उत्सुकताका साथ उसलाई खोज्न थाल्छन्। किनकि ती अदृश्य पात्रसँगै कथाको मूल सूत्र जोडिएको भान हुन्छ। केही क्षणका लागि भए पनि अव्यक्त सस्पेन्सले रोचकता बढाएको छ। कथालाई पच्छ्याउँदै गर्दा प्रारम्भमै भेटिएको एउटा मीठो साहित्यिक वाक्य ‘कोठाले पनि मानौं मौन भएर हामीलाई हेरिरहेझैँ लाग्यो’ को भावले पाठकलाई आनन्द दिन्छ।

कथा लेख्दा कथाको प्रारम्भ बुन्नु निकै चुनौतीपूर्ण अभ्यास हो। किनकि कथाका तीन महत्त्वपूर्व अङ्ग– प्रारम्भ, मध्य र अन्त्यमध्ये प्रारम्भको भूमिका अहम् हुन्छ। पाठकलाई आकर्षित गर्ने नगर्ने प्रारम्भले नै निर्धारण गर्छ। वास्तवमा ‘नाटक खेल्ने केटी’ कुनै बेला नाटकमा खेल्ने महिला पात्र गङ्गाको नाटक तथा कला-प्रेमबारेको कथा हो। नाटकमा काम गर्ने गङ्गाको चाहना, चुनौती र संघर्षको कथा भन्न सफल छन्, कथाकार रामशेखर।

Ncell 2
Ncell 2
nimb
nimb

कथाकारले गङ्गाको मात्र चरित्र चित्रण गर्दैनन्, त्यस बखतको परिवेश र संकीर्ण मानसिकताको समेत वृहत् चित्रण गरेका छन्। गंगाले भोगेको परिवेश र  संकीर्णता कुनै न कुनै रूपमा आजको समाजमा पनि विद्यमान छ। कथामा एक जना गङ्गालाई उभ्याएर धेरै कलाप्रेमी महत्वाकांक्षी गङ्गाहरूका चुनौती दर्शाइएको छ। गङ्गा कलाकार थिई, तर ऊभित्रको कलाकारले सम्मान पाएन। एकातर्फ गङ्गा आफू ‘ज्यापुनी’ भएर नाचेकोमा गर्व गर्थी, अर्कोतर्फ गुनासो पनि थियो। जस्तो, ‘नाटक खेल्ने केटीहरूलाई वेश्याभन्दा पनि गएगुज्रेको भनेर खसालेर कुरो काट्छन्।’

यसरी कथाकारले कथाको मुख्य पात्र गङ्गाको परिचयमा नै प्रभाव छाडेका छन्। कथाले गति लिँदैगर्दा गङ्गालाई चिन्न र उसको विगत र वर्तमान बुझ्न पाठक झनै उत्सुक हुन्छन्। त्यसका लागि कथाकारले पाठकलाई फ्ल्यासब्याकमा लगेर गङ्गाकै मुखबाट उसको कथा र व्यथा भन्न लगाउँछन्। वास्तवमा गङ्गाको पीडा धेरै युवती कलाकारहरूको पीडा हो। यसरी, यो कथा नारी आकांक्षा र नारी स्वतन्त्रताको पीडाबोधको कथा पनि बन्न पुगेको छ। गङ्गाभित्रको कलाकारले न्याय नपाएकोमा ऊभित्र उकुसमुकुसमा बसेकी विद्रोही गङ्गा पनि आक्रोससहित बाहिर निस्किन्छिन् र आफ्नो फुपूकी छोरीसँग जङ्गिन्छिन् ।

‘तिमीले आइए पढेर भुत्रो काम लाग्यो? चाक हल्लाएर कलेज जान र सभा–समारोहमा अत्तर छर्केर जान मात्र काम लाग्यो। 'नारी अघि बढ' भनेर कविता लेखेर के गर्ने? चेलीबेटी नारी बनेर लेख, कथा लेखेर के काम, त्यसरी डराई डराई बस्ने हो भने? हामीले नाटकमा बिहे गरेको मात्र देख्यौँ, तर तीमीजस्ता आँखा भएर पनि देख्न नसक्नेहरूलाई देख्न सक्ने प्रयास गरिरहेको देखेनौँ।’

गङ्गाका यी शब्दहरूमा गङ्गा स्वयम् उपस्थित छिन् वा स्वतन्त्र पात्रभन्दा लेखकको प्रवक्ता भएर प्रस्तुत भएकी छिन्, पाठकले शंका गर्ने ठाउँ प्रसस्त छ। तथापि उनका शब्दहरूमा गङ्गाहरूको विद्रोह प्रष्ट छ।

सभ्य संस्कृतिक तर, संकुचित समाजमा हुर्केका महिला भएकाले गङ्गाहरू जहिले पनि दबिएको मनोभावनासँगै बाँच्न बाध्य हुन्छन्। यस्तो समाजिक परिवेशमा पात्रहरूमा कलाप्रतिको समर्पण भाव र दक्षताको विकास कसरी सम्भव होला र? कथाका माध्यमबाट कथाकारले अहम प्रश्न उठाएका छन्। तर, ती हिजोका दिनका कुरा थिए। आजका नारीहरू केही मात्रामा  स्वतन्त्र रूपमा आफूभित्र रहेको कलाको प्रदर्शन गर्न सक्षम छन्। सायद हिजोका रामशेखरजस्ता समाज सुधारक कथाकारहरूको आवाजले गर्दा पनि हुन् सक्छ।   

कथाको समापनतिर कथाकारले कथालाई भावुकताको दरिद्र बन्धनमा मात्र सीमित नराखेर पतिको जिद्दी दृश्य सिर्जना गरी कलाकारको उचित सम्मानसँगै कलाको जित प्रस्तुत गर्न सफल छन्। गङ्गा भन्छिन्, ‘अनि मलाई पनि लाग्यो जे पर्ला पर्ला कि बाँचे कि मरें। गीतको तालमा सक्दो राम्ररी नाचेँ।’ वास्तवमा यो कलाको जीत थियो।

गङ्गाका पतिले कलाकारलाई सम्मान गर्दै भन्छन्, ‘के कुरो गरेको तिमीले? तिमीजस्ती कलाकार पत्नी पाउनुलाई मैले धन्य ठानेँ।’

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबार, भदौ २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ २०, २०८३
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्