• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पूरा होला मेसीको विश्वकप सपना?

64x64
नेपाल लाइभ आइतबार, जेठ २०, २०७५  १३:२०
1140x725

अर्जेन्टिनाका फरवार्ड लिओनल मेसी वर्तमान पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडी मानिन्छन्।

२१ वर्षको उमेरमा नै बेलोन डी'ओर उपाधि जितेर तहल्का पिटेका मेसीको खेल शैली र क्षमताको कारण उनी वर्तमान पुस्ताका सर्वोत्कृष्ट खेलाडीको रुपमा दरिएका हुन्। कतियले मेसीलाई उनकै देशका महान् फुटबलर डिएगो म्याराडोनासँग तुलना गर्ने गरेका छन्। स्वयम् म्याराडोनाले पनि मेसीलाई आफ्नो 'उत्तराधिकारी' घोषित गरेका थिए। 

क्लब फुटबलमा तहल्का मच्चाएपनि म्याराडोनाको उत्तराधिकारीको उपमा पाएका मेसीले देशका लागि भने अहिलेसम्म कुनै उपाधि जिताउन सकेका छैनन्।  म्याराडोनाले  अर्जेन्टिनालाई विश्वकप जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। सन् १९८६ को विश्वकपमा म्याराडोनाको प्रभावशाली प्रदर्शनमा अर्जेन्टिनाले दोस्रो पटक विश्वकप जितेको थियो।

त्यसयता अर्जेन्टिनाले विश्वकपको उपाधि जित्न सकेको छैन। सधैं झैं उपाधि जित्ने लक्ष्य राख्ने अर्जेन्टिनाले मेसीको आगमन पछि झन् ठूलो अपेक्षा राख्न थाल्यो। सन् २००६ देखि नै अर्जेन्टिनाको विश्वकप यात्रालाई मेसी र उपाधिसँग जोडिएर हेर्न थालिएको थियो। 

सन् २००६ र २०१० को विश्वकपमा अर्जेन्टिनाको यात्रा क्वार्टफाइनलमै सीमित बन्यो। दुवै विश्वकपमा अर्जेन्टिनाको बाधक जर्मनी बनेको थियो। सन् २०१४ मा मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले फाइनल यात्रा तय गरेको थियो। तर त्यतिबेला पनि अर्जेन्टिनाको यात्रामा जर्मनी नै बाधक बन्यो। जसले अर्जेन्टिनाको सँगसँगै मेसीको विश्वकप जित्ने सपना चकनाचुर भयो। 

मेसीको संघर्ष र विश्व फुटबलमा उदय
एक सामान्य परिवारको छोरो। प्रतिभा, मेहनत र फुटबलप्रतिको लगावले जसलाई विश्वको हिरो बनायो। बैंक ब्यालेन्सदेखि फ्यान्सको संख्या, केही कुरामा कमी छैन उनलाई। संसारकै प्रिय खेलाडी भएका छन् उनी। धेरै फ्यानले ‘भगवान्’का रूपमा समेत हेर्न थालेका छन् उनलाई। 

तर, यो सफलता र यो ख्याति उनले सहजै पाएका होइनन्। रातारात पाएका होइनन्। विभिन्न बाधा–अवरोध पार गर्दै, हण्डर–ठक्कर खाँदै उनी यहाँसम्म आइपुगेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

मेसी अहिलेका सबैभन्दा महँगा खेलाडीमध्ये एक हुन्।  वर्षमा तलबबाट मात्रै पाँच करोड डलरभन्दा बढी आम्दानी गर्ने मेसीसँग कुनै बेला उपचारका लागि एक सुको पनि थिएन। सुन्दा अचम्म लाग्ला। तर, यो सत्य हो।

अर्जेन्टिनाको रोसारियो शहरमा जन्मेका हुन् मेसी। उनका बुवा जोर्ज होरासियो मेसी स्टिल फ्याक्ट्रीका मजदुर थिए। आमा सेलिया मारिया सरसफाइको काम गर्थिन्। जोर्ज र सिलियाका चार सन्तानमध्ये मेसी माइला थिए।

सानैदेखि फुटबलमा विशेष अभिरुचि थियो उनको। आफ्नो खेल्ने सोख पूरा गर्न उनी पाँच वर्षकै उमेरमा एक लोकल क्लबमा आबद्ध भएका थिए। यस क्लबका कोच भने उनका बुवा जोर्ज थिए। बुवा उनलाई महान् फुटबलर बनाउन चाहन्थे। फुटबल गजबले खेल्थे मेसी। फुटबल खेल्ने उनमा विलक्षण प्रतिभा थियो, अहिले पनि छ। उनी ‘फुटबलकै लागि जन्मिएका हुन्’ भन्ने कुरा उनले पाँच वर्षको उमेरमै प्रमाणित गरिसकेका थिए।

११ वर्षको उमेरमा मेसी ‘ग्रोथ हर्मोन डिफिसियन्सी’ बाट ग्रस्त भए। यस रोगमा मानिसको उचाइ बढ्दैन। मेसी र उनको बुवाका सपनामा तुषारपात भयो। रोगबाट मुक्ति पाउन जुन उपचारको आवश्यकता थियो, त्यसको आर्थिक भार बेहोर्न उनका आमाबुवा असमर्थ थिए। उपचारका लागि हरेक महिना लगभग नौ सय डलर खर्च लाग्ने थियो। नाजुक आर्थिक स्थितिका कारण जोर्ज र सिलिया लाचार थिए।

मेसीको खेल क्षमता देखेर एउटा लोकल क्लबले उनलाई प्रशिक्षण दिने इच्छा जाहेर गर्यो तर उपचारको विषयमा भने क्लब मौन रह्यो। यसैबीच मेसीको जीवनमा काल्र्स रेक्साच नामक व्यक्तिले प्रवेश गरे। उनी स्पेनको बार्सिलोना क्लबका सहायक निर्देशक थिए। मेसीका केही आफन्तबाट रेक्साचले मेसीको खेल्ने अद्भुत क्षमताबारे सुनेका थिए।

मेसीका बुवाले जेनतेन बार्सिलोनाका लागि छोराको ट्रायलको व्यवस्था गरे। ट्रायलमा रेक्साच मेसीबाट यति प्रभावित भए कि हातमा कन्ट्र्याक्ट पेपर नहुँदा उनले एउटा नेपकिन पेपरमा मेसीलाई हस्ताक्षर गर्न लगाए। उनले मेसीलाई बार्सिलोना क्लबमा सामेल गर्ने निर्णयमात्र गरेनन्, क्लबले उनको उपचारको सम्पूर्ण खर्च बेहोर्ने पनि भयो। यसबापत अर्जेन्टिनाबाट स्पेन आएर बस्नुपर्ने शर्त मेसी परिवारसामु राखियो। आफूले देखेको सपनालाई पूरा गर्न मेसीका बुवा परिवारसहित स्पेनमा बस्न थाले।

यसपछि मेसीले बार्सिलोनाको जुनियर ‘बी’ र ‘सी’ टिमबाट केही वर्ष खेले। कमजोर आर्थिक अवस्थाले मेसीको जीवनमा सदैव दुःख दियो। आर्थिक स्थितिका कारण सन् २००३ मा उनी बल्ल–तल्ल क्लबबाट बाहिरिनबाट जोगिए। गरिबीकै कारण क्लबले उनलाई निकाल्ने निर्णय गर्योि। तर, केही प्रशिक्षकले बार्सिलोनाको व्यवस्थापनसँग मेसीको प्रतिभाबारे छलफल गरेपछि क्लब उनलाई राख्न तयार भय । यसपछि उनले बार्सिलोनाका सबै स्तरका टिमबाट फुटबल खेले।

राम्रो प्रदर्शनका कारण सन् २००४ मा उनले पहिलो पटक बार्सिलोनाको मुख्य टिमबाट खेल्ने अवसर पाए। १७ वर्षको उमेरमा ‘स्पेनिस लिग’ खेल्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन्। बार्सिलोना र ला लिगाको इतिहासमा उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्न सफल भए। 

मेसीमाथि अर्जेन्टिनाको विश्वास 
सन् २०१४ को विश्वकपमा उपविजेतामा सीमित बनेको अर्जेन्टिनालाई सन् २०५ मा दक्षिण अमेरिकाको ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्को चोट पर्यो। फाइनल पुगेको अर्जेन्टिनालाई चिलीले पराजित गर्दै उपाधि जित्यो। 

कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु भएको सय वर्ष पुगेको अवसरमा सन् २०१६ मा 'स्पेशल कोपा अमेरिका फुटबल प्रतियोगिता' आयोजना गरियो।यो प्रतियोगितामा पनि अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गर्यो। फाइनलमा चिलीसँग नै भेट पक्का भएको थियो। तर दुर्भाग्य पेनाल्टी सुटआउटमा चिलीले अर्जेन्टिनालाई ४–२ गोलले पराजित गर्दै उपाधि उचाल्यो। अर्जेन्टिनाको तर्फबाट सुरुवातमा पेनाल्टी प्रहार गर्न आएका मेसीले गोल गर्न सकेनन्। जुन कुरा मेसीले स्वयमले पनि विश्वास गर्न सकेनन्। त्यसपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरे। तीन वर्षको बीचमा तीन ठुला प्रतियोगिताको फाइनलमा पुगेपनि तीन वटै प्रतियोगितामा असफल बनेपछि मेसी बिक्षिप्त बनेका थिए। 

त्यहि समय अर्जेन्टिनाले विश्वकप २०१८ का लागि छनोट प्रतियोगितापनि खेल्दै थियो। दक्षिण अमेरिकाका टिमहरु बलिया हुने भएकाले प्रतिस्पर्धा सहज थिएन। अझ आफ्ना स्टार खेलाडी मेसीले सन्न्यास लिएपछि त अर्जेन्टिना संकटमा पर्यो। सवै फ्यानको आग्रहपछि मेसीले केहि महिनामा सन्न्यात फिर्ता त गरे, त्यति बेलासम्म अर्जेन्टिनाका विश्वकपमा छनोट यात्रा कठिन परेको अवस्था थियो। 

गत असोजमा अर्जेन्टिनाले रसिया विश्वकपका लागि टिकट काट्न इक्वेइडरसँग निर्णायक खेल खेल्दै थियो।  सवैको विश्वास मेसीमा नै थियो। त्यहि विश्वासलाई सहि साबित गर्दै मेसीले जादूमय खेल देखाएर अर्जेन्टिनाको रसियाको टिकट पक्का गरे। मेसीले निर्णायक खेलमा ह्याट्रिक गरेपछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको थियो। 

रसिया विश्वकप मेसीका लागि एउटा ठुलो अवसर भएर आएको छ। तर मेसीलाई क्लब फुटबलमा जस्तो अर्जेन्टिनी टिममा तालमेल मिलाउन गाह्रो परिरहेको छ। पाँच पटकको फिफा विश्व खेलाडी मेसीको कप्तानीमा मैदान उत्रिने अर्जेन्टिनामा स्टार खेलाडीको जमघट भए पनि राम्रो फिनिसिङमा चुकिरहेको छ। त्यसैले मेसी विश्वकपको सपना पूरा होला की नहोला भन्ने विषयमा अहिले विभिन्न विदेशी पत्रपत्रिकाको पन्ना भरिएका छन्। 

जेठ ३१ मा रसियामा सुरु हुने विश्वकपमा अर्जेन्टिना समूह 'डी' मा छ। यो समूहमा अर्जेन्टिनासहित आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया छन्। 

रसिया विश्वकपमा अर्जेन्टिनाको प्रारम्भिक टिम 

गोलकिपर - नेहुयल गुजम्यान, विली काबालेरो, फ्रान्को अर्मानी 
डिफेन्डर - जाभियर मास्चिरानो,  फेडेरिको फजिओ, निकोलास ओटामन्डी, ग्राबियल मेर्काडो, जर्मन पेचेला, इडुर्डो साल्भियो,  मार्कोस रोजो, रामिरो फुन्स मोरी, निकोलास टाग्लियाफिको, मार्कोस अकुना, क्रिस्टियन अन्साल्डी।
मिडफिल्डर - इभर बनेगा, लुकास बिग्लिया, लियन्द्रो परेडेस, एन्जेल डि मारिया,  म्यानुयल लान्जिनी, रिकार्डो सेन्चुरियल, म्याक्सिमिलियानो मेजा, गुइडो पिजारो, इन्जो पेरेज, जिओभानी लो सेल्सो, रोद्रिगो बाटागलिया, क्रिस्टियन पाभोन,पाब्लो पेरेज।   
फरवार्ड - लिओनल मेसी, पाब्लो डिबाला, माउरो इकार्डी, सर्जियो अग्युरो, डिएगो पेरोट्टी, लाउटारो मार्टिनेज, गोन्जालो हिग्युइन। 

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति: आइतबार, जेठ २०, २०७५  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्नु मेरो जिम्मेवारी हो : सभापति थापा शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्