काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शुक्रबार साँझ शीतलनिवास पुगेका थिए। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको बताए।
प्रधानमन्त्रीमा नियुक्त भएयता देउवा पहिलोपटक राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्।
सर्वोच्च अदालतको आदेशपछि असार २९ गते मंगलबार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोही दिन उनलाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।
शपथ ग्रहणकै कार्यक्रममा राष्ट्रपतिले प्रधानमन्त्री देउवालाई बधाई समेत नदिएको विषय पनि चर्चामा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।