निर्वाचन आयोगको निर्णयलाई चुनौती दिदै जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। आयोगले हेरफेर भएको कार्यकारिणी समितिलाई मान्यता नदिइ पुराना ५० जनालाई हस्ताक्षर सनाखतको लागि बोलाएको भन्दै ठाकुर सर्वोच्च पुगेका हुन्।
ठाकुरले निवेदनमा निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने जिकिर गरेका छन्। आयोगको निर्णय अन्तरिम आदेशले रोक लगाएर आफूहरुले गरेको हेरफेरलाई मान्यता दिँदै सनाखत गराउनुपर्ने जिकिर रिटमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।