काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले संसदमा सत्ता राजनीतिकको फोहोरी खेल प्रवेश गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार संसद बैठकमा बोल्दै नेता लिङ्देनले एउटै पार्टीका सांसदले फरक फरक पार्टीलाई समर्थन गर्नुपर्ने अवस्था आउनु गलत भएको बताए।
'बुढी मरि भन्दा पनि काल पल्कियो' भनेर पिर मान्नुपर्ने अवस्था बनेको उनको भनाइ थियो।
प्रतिनिधि सभामा एउटै पार्टीका व्यक्तिले अर्को पार्टीलाई सर्मथन गर्ने खेलको सबैभन्दा पीडित दल राप्रपा भएको भन्दै उनले यो खेल आगामी दिन नहोस् भन्ने कुरा महत्वपूर्ण भएको बताए। संसदको यो खेललाई नयाँ संविधानले रोक्नुपर्ने उनको भनाइ थियो।
उनले पार्टीको बैठक अब बालुवाटार नगर्ने निर्यण गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिए। 'अब तावोवाट निस्केको माछा भुग्रोमा' भनेझै जनतालाई नपरोस् भनि उनले देउवालाई शुभकामना दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।