• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

एउटा ‘होलटाइमर’ चित्रकारको अन्त्य

ज्ञानेन्द्र विवश शनिबार, साउन ९, २०७८  ०८:०२
1140x725

‘कलाको मूलभूत उद्देश्य भनेको आनन्द दिनु र आनन्द लिनु हो। कला सदैव सुन्दर हुन्छ। रेखा र रङबीचको समन्वय र सङ्गतिबाट नै सुन्दर चित्रको सिर्जना हुन्छ।’ वरिष्ठ कलाकार उत्तम नेपालीको यो भनाइप्रति सायदै कोही असहमत होलान्। तर, अब उनी चित्रकला सम्बन्धी यस्ता विचार दिन हाम्रो सामु उभिने छैनन्। 

नेपालीले गएको बुधबार भौतिक रूपमा देह त्याग गरे। उनको अवसानसँगै नेपाली कलाको एउटा कालखण्डको अन्त्य भएको छ। नेपालमा अमूर्तकलालाई स्थापित गर्ने श्रेय उनैलाई जान्छ। 

उनी केही वर्षदेखि अस्वस्थ थिए। अमेरिकाको बोस्टनमा बस्थे। केही महिनाअघि मात्र स्वदेश फर्किएका थिए। तर, अचानक स्वास्थ्यमा असजिलो भएपछि गंगालाल अस्पताल भर्ना भए। त्यहीँ उनले अन्तिम श्वास लिए।

ज्ञानेन्द्र विवश

कलाकार नेपाली, समसामयिक नेपाली चित्रकला क्षेत्रका सबल स्तम्भ हुन्। उनको पहिचान चित्र विधामा मात्र सीमित छैन। कुनै समय गीत, कविता, चलचित्र आदि क्षेत्रमा पनि सक्रिय थिए।

उनको जन्म १९९४ सालमा काठमाडौंको किलागलमा भएको हो। उनी विष्णुप्रसाद कर्माचार्य र रत्नादेवी कर्माचार्यका ज्येष्ठ पुत्र हुन्। उनका बाबुबाजे लखनउमा व्यापार गर्थे। उनी पनि बाबुसँगै बाल्यकालमै लखनउ पुगे। किशोरावस्था पनि लखनउमा नै बिताए। त्यहाँ अध्ययन गर्दा आफूलाई नेपालको नागरिक भनेर चिनाउन ‘नेपाली’ उपनाम झुन्ड्याएका थिए।

मैले धेरै पटक उनीसँग भलाकुसारी गर्ने अवसर पाएको थिएँ। उनको सानैदेखिको सपना सैनिक बन्ने थियो। विद्यालयको पढाइ सकिएपछि भने के पढ्ने भन्ने अन्योलमा थिए। स्कुल पढ्दाका एक जना साथी गोपालले आफू आर्ट कलेजमा पढिरहेको बताएपछि उनले पनि चित्रकार नै बन्ने निर्णय गरे। अनि लखनउ आर्ट कलेजमा भर्ना भए।

कलाकार बन्ने निर्णयबाट उनका बाबु खुसी भएनन्। ‘कलाकार बन्ने मेरो निर्णयदेखि पिताजी निकै रुष्ट हुनुभयो, तर आमाले मलाई प्रोत्साहित गर्नुभयो,’ उनी सुनाउँथे। लखनउमा रहँदा उनले तीनवर्षे सङ्गीत कोर्ष पनि गरे। तर, धेरै विधामा हात हाल्दा कुनैमा पनि पोख्त हुन सकिँदैन भन्ने लागेर पछि चित्रकलामा मात्र केन्द्रित भए।

नेपालीको कला–यात्रा
लखनउबाट कलामा औपचारिक शिक्षा हासिल गरेपछि २०१६ सालमा नेपाल फर्किए। सुरुका केही वर्ष आर्ट कलेजमा सिकेको ‘वास टेक्निक’ पद्धतिमा वस्तुपरक चित्रहरू बनाए। पछि क्रमशः उनको झुकाव आधुनिक कलाप्रति बढ्दै गयो। त्यसताका नेपालमा आधुनिक कला भर्खर प्रवेश गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले २०२३ सालदेखि अमूर्त शैलीका चित्रकला बनाउन थाले। अमुर्तकलालाई उनी आध्यात्मिक चिन्तन ठान्थे। ‘अमूर्तकला कुनै सामान्य सिर्जना होइन। ‘अमूर्त’ भनेको सबै कुरा बुझिसकेपछिको आध्यात्मिक चिन्तनको गहन आयाम हो,’ उनी भन्थे।

कलाकार नेपालीले बनाएको अमूर्त चित्र।

धेरैजसो मान्छे अमूर्त चित्र जटिल हुने र बुझ्न नसकिने बताउँछन्। तर, सिर्जना कहिल्यै जटिल नहुने उनको धारणा थियो। ‘म अध्यात्म र जीवनवादी कलाकार हुँ। ‘बुझेको छु’ भनेको कुरा वास्तवमा नबुझेको हुनसक्छ र ‘बुझेको छैन’ भनेको कुरा बुझेको हुन सक्छ। कुनै पनि कुरालाई बुझ्नका लागि प्रयास चाहिन्छ। प्रयासबिना अति साधारण कुरा पनि बुझ्न गाह्रो हुन्छ। हाम्रो वस्तुपरक मान्यताका कारण अमूर्तकलाको वास्तविक रसास्वादन गर्न सकिरहेका छैनौ,’ उनी भन्ने गर्थे। संस्कृत भाषाको श्लोकलाई ‘क्लिष्ट’ भनेर पन्छिए जस्तै आधुनिक चित्रकलालाई ‘टाटेपाटे’ को उपमा दिएर पन्छिने प्रवृत्ति देखा परेको भन्दै उनी असन्तुष्टि पोख्थे।

वास्तुकलाको अभिन्न अङ्गका रूपमा रहेका टुँडाल र तिनमा कुँदिएका रतिरागात्मक आकृतिलाई विषय बनाई उनले ‘टुँडाल चित्र–शृङ्खला’ बनाए। त्यस्तै २०३३ सालमा नेपाली साहित्य फाँटका चर्चित कविहरूका लोकप्रिय कविताका पङ्क्तिलाई क्यानभासमा लेखेर तिनलाई चित्रमा संयोजन गरे।

२०५४ सालमा नेपाली साहित्य जगतका सु–प्रसिद्ध ६६ सर्जकलाई ‘लाइफ मोडेल’ राखेर उनीहरुका पोट्रेट आफ्ना अमूर्त रचनाभित्र संयोजन गरे। ती चित्रमा उनीहरूका चर्चित कृतिहरूको शीर्षकलाई पनि समावेश गरिएका थिए। उनका ती चित्ररचनालाई मुहार, अक्षर तथा रङ विन्यासको सफल एवम् सशक्त संयोजनका रूपमा लिइन्छ। 

२०६० सालमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा उनको २६औँ एकल कलाप्रदर्शनी भएको थियो। सो प्रदर्शनीमा उनका १५० थानभन्दा बढी सिर्जना राखिएका थिए। उनका ती चित्र छ दशक लामो कलायात्रा अवधिका प्रतिनिधि रचना थिए। सो प्रदर्शनीलाई कलाकारको अनवरत साधना, गहन चिन्तन एवम् सिर्जना सामर्थ्यको ज्वलन्त दर्पण मान्नुपर्छ। 

कलाकार नेपालीले २०२९/३० सालतिर किलागलको पुर्ख्यौली घरमा ‘तिमी हामी रेस्टुराँ’ खोलेका थिए। त्यो रेस्टुराँ कलाकार र साहित्यकारहरूको जमघटको थलो थियो। त्यसपछि उनले केही वर्ष हुलाक सेवा विभाग, सूचना विभाग तथा रेडियो नेपालमा जागिर खाए। २०३६ सालमा निजामती सेवाबाट स्वेच्छिक अवकाश लिए। त्यही वर्ष उनले राष्ट्रिय कलाप्रदर्शनीमा प्रथम पुरस्कार पाएका थिए। त्यसयता चित्र सिर्जनाबाहेक अरु काम गरेनन्। उनी पूर्णकालीन चित्रकार थिए।

कलाकार नेपालीको अर्को चित्र।

२०४२ सालमा स्थापित नेपाल कलाकार समाजको पहिलो अध्यक्ष भए। २०५२ देखि २०५६ सालसम्म नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ–परिषद् सदस्य बने। उनी नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य थिए। 

कलाकार नेपाली २०५४ सालमा ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट पुरस्कृत भए। २०६८ सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उनलाई ‘ललितकला प्रज्ञा सम्मान’ प्रदान गरेको थियो। 

कला सम्बन्धी उनका धारणाहरु ज्यादै महत्वपूर्ण छन्। कतिपय मानिस कलाकृतिको प्रयोजन घर वा भवन श्रृङ्गारका लागि मात्र भएको ठान्छन्। यस्तो विचारलाई उनी हास्यास्पद मान्थे। कला राष्ट्रको सभ्यताको आधारशीला भएको उनको भनाइ थियो। ‘मुलुकको कला र संस्कृतिको जगेर्ना गर्ने पहिलो दायित्व राज्यको हो। राज्यको चासो र संरक्षणविना संसारमा कतै पनि कलाको विकास भएको छैन। तर, हाम्रोमा राज्य र समाजबाट कला र कलाकार उपेक्षित छन्। कलाबजार छैन। कला सम्बन्धी अनुसन्धान र प्रकाशनहरू नगन्य छन्। दुनियाँलाई देखाउन लायकको एउटा आधुनिक सङ्ग्रहालयसमेत हामीले ठड्याउन सकेका छैनौँ,’ उनको असन्तुष्टि थियो। 

चित्र बिक्नु वा प्रसंशा पाउनु गौण!
कलाकार उत्तम नेपाली रङसँग संवाद गर्थे। स्वच्छन्द भएर रङसँग खेल्थे। तर, नियोजित ढङ्गले चित्ररचनालाई संयोजन गर्थे। चित्र आकृतिमूलक होस् वा आकृतिविहीन, मूर्त होस् वा अमूर्त, चित्रकारले कलागत नियमको परिधिभित्र रही काम गर्नुपर्ने मान्यता राख्थे। कोही पनि कलाकारले कलाको आधारभूत जग बनिनसक्दै अमूर्त तथा आकृतिविहीन कलामा हात हाल्नु जोखिमपूर्ण हुने भन्दै सजग पनि गराउँथे। 

उनका अमूर्त चित्रको विषय पनि मानव जीवनका अमूर्त व्यवहार र प्रकृति नै थिए। सुवास, शून्य, वायु, संवेदना, पीडा, हर्ष, आनन्द जस्ता विषयमा आफूले चित्र कोर्ने बताउँथे। मानव चित्त र मस्तिष्क स्वयम्मा अमूर्त भएकाले अमूर्त भाव र विचारलाई कुनै सीमानाभित्र बाँध्न नसकिने उनको ठहर थियो। ‘मेरा चित्र कसैले किनिदिऊन्, वा प्रशंसा गरिदिऊन्, तिनले मेरा लागि गौण महत्व राख्छन्। सर्वप्रथम मेरा सिर्जनादेखि म आफू सन्तुष्ट हुनुपर्छ। एक सच्चा कलाकार धन र प्रसिद्धिका पछाडि दौडिँदैन। उसको काम अब्बल भएमा धन र प्रसिद्धि स्वतः पछि लागेर आउँछ,’ नयाँ कलाकारलाई यसरी प्रेरित गर्थे।

कलाकार नेपालीको चित्रकला कुनै निश्चित माध्यममा मात्र सीमित थिएन। पेन्सिल, पेस्टल, जलरङ, तेलरङ, टेम्पेरा, इनामेल, एक्रिलिक, मिश्रित माध्यम यावत्मा उनी चित्र बनाउँथे। अमूर्तकला रचनाका अतिरिक्त उनले बनाएका टेम्पेरा माध्यमद्वारा यथार्थपरक शैलीमा देवीदेवताका विविध आकृतिहरूको चित्र–शृङ्खला पनि धेरै नै थिए।

एक सिर्जनशील कलाकारका लागि माध्यम गौण कुरा हो। उसको शिल्प–सामथ्र्य, अभिव्यञ्जना र चिन्तनले सर्वाधिक महत्व राख्छ। रङ संयोजनमा कहाँ सन्तुलन कायम गर्ने, कहँ तनाव पैदा गर्ने र दर्शकलाई कसरी उत्तेजित गर्ने भन्नेमा चित्रकार सजग रहे मात्र सिर्जनालाई भावपरक एवम् अर्थपरक रुपमा प्रस्तुत गर्न सकिनेमा उनी दृढ थिए।

कलाकार उत्तम नेपालीको दिवङ्गत आत्माको चिरशान्तिको कामना।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
आज देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबार, भदौ २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ २०, २०८३
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्