• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
एउटा ‘होलटाइमर’ चित्रकारको अन्त्य
ज्ञानेन्द्र विवश शनिबार, साउन ९, २०७८  ०८:०२
1140x725

‘कलाको मूलभूत उद्देश्य भनेको आनन्द दिनु र आनन्द लिनु हो। कला सदैव सुन्दर हुन्छ। रेखा र रङबीचको समन्वय र सङ्गतिबाट नै सुन्दर चित्रको सिर्जना हुन्छ।’ वरिष्ठ कलाकार उत्तम नेपालीको यो भनाइप्रति सायदै कोही असहमत होलान्। तर, अब उनी चित्रकला सम्बन्धी यस्ता विचार दिन हाम्रो सामु उभिने छैनन्। 

नेपालीले गएको बुधबार भौतिक रूपमा देह त्याग गरे। उनको अवसानसँगै नेपाली कलाको एउटा कालखण्डको अन्त्य भएको छ। नेपालमा अमूर्तकलालाई स्थापित गर्ने श्रेय उनैलाई जान्छ। 

उनी केही वर्षदेखि अस्वस्थ थिए। अमेरिकाको बोस्टनमा बस्थे। केही महिनाअघि मात्र स्वदेश फर्किएका थिए। तर, अचानक स्वास्थ्यमा असजिलो भएपछि गंगालाल अस्पताल भर्ना भए। त्यहीँ उनले अन्तिम श्वास लिए।

ज्ञानेन्द्र विवश

कलाकार नेपाली, समसामयिक नेपाली चित्रकला क्षेत्रका सबल स्तम्भ हुन्। उनको पहिचान चित्र विधामा मात्र सीमित छैन। कुनै समय गीत, कविता, चलचित्र आदि क्षेत्रमा पनि सक्रिय थिए।

उनको जन्म १९९४ सालमा काठमाडौंको किलागलमा भएको हो। उनी विष्णुप्रसाद कर्माचार्य र रत्नादेवी कर्माचार्यका ज्येष्ठ पुत्र हुन्। उनका बाबुबाजे लखनउमा व्यापार गर्थे। उनी पनि बाबुसँगै बाल्यकालमै लखनउ पुगे। किशोरावस्था पनि लखनउमा नै बिताए। त्यहाँ अध्ययन गर्दा आफूलाई नेपालको नागरिक भनेर चिनाउन ‘नेपाली’ उपनाम झुन्ड्याएका थिए।

मैले धेरै पटक उनीसँग भलाकुसारी गर्ने अवसर पाएको थिएँ। उनको सानैदेखिको सपना सैनिक बन्ने थियो। विद्यालयको पढाइ सकिएपछि भने के पढ्ने भन्ने अन्योलमा थिए। स्कुल पढ्दाका एक जना साथी गोपालले आफू आर्ट कलेजमा पढिरहेको बताएपछि उनले पनि चित्रकार नै बन्ने निर्णय गरे। अनि लखनउ आर्ट कलेजमा भर्ना भए।

कलाकार बन्ने निर्णयबाट उनका बाबु खुसी भएनन्। ‘कलाकार बन्ने मेरो निर्णयदेखि पिताजी निकै रुष्ट हुनुभयो, तर आमाले मलाई प्रोत्साहित गर्नुभयो,’ उनी सुनाउँथे। लखनउमा रहँदा उनले तीनवर्षे सङ्गीत कोर्ष पनि गरे। तर, धेरै विधामा हात हाल्दा कुनैमा पनि पोख्त हुन सकिँदैन भन्ने लागेर पछि चित्रकलामा मात्र केन्द्रित भए।

नेपालीको कला–यात्रा
लखनउबाट कलामा औपचारिक शिक्षा हासिल गरेपछि २०१६ सालमा नेपाल फर्किए। सुरुका केही वर्ष आर्ट कलेजमा सिकेको ‘वास टेक्निक’ पद्धतिमा वस्तुपरक चित्रहरू बनाए। पछि क्रमशः उनको झुकाव आधुनिक कलाप्रति बढ्दै गयो। त्यसताका नेपालमा आधुनिक कला भर्खर प्रवेश गरेको थियो। 

Ncell 2
Ncell 2

उनले २०२३ सालदेखि अमूर्त शैलीका चित्रकला बनाउन थाले। अमुर्तकलालाई उनी आध्यात्मिक चिन्तन ठान्थे। ‘अमूर्तकला कुनै सामान्य सिर्जना होइन। ‘अमूर्त’ भनेको सबै कुरा बुझिसकेपछिको आध्यात्मिक चिन्तनको गहन आयाम हो,’ उनी भन्थे।

कलाकार नेपालीले बनाएको अमूर्त चित्र।

धेरैजसो मान्छे अमूर्त चित्र जटिल हुने र बुझ्न नसकिने बताउँछन्। तर, सिर्जना कहिल्यै जटिल नहुने उनको धारणा थियो। ‘म अध्यात्म र जीवनवादी कलाकार हुँ। ‘बुझेको छु’ भनेको कुरा वास्तवमा नबुझेको हुनसक्छ र ‘बुझेको छैन’ भनेको कुरा बुझेको हुन सक्छ। कुनै पनि कुरालाई बुझ्नका लागि प्रयास चाहिन्छ। प्रयासबिना अति साधारण कुरा पनि बुझ्न गाह्रो हुन्छ। हाम्रो वस्तुपरक मान्यताका कारण अमूर्तकलाको वास्तविक रसास्वादन गर्न सकिरहेका छैनौ,’ उनी भन्ने गर्थे। संस्कृत भाषाको श्लोकलाई ‘क्लिष्ट’ भनेर पन्छिए जस्तै आधुनिक चित्रकलालाई ‘टाटेपाटे’ को उपमा दिएर पन्छिने प्रवृत्ति देखा परेको भन्दै उनी असन्तुष्टि पोख्थे।

वास्तुकलाको अभिन्न अङ्गका रूपमा रहेका टुँडाल र तिनमा कुँदिएका रतिरागात्मक आकृतिलाई विषय बनाई उनले ‘टुँडाल चित्र–शृङ्खला’ बनाए। त्यस्तै २०३३ सालमा नेपाली साहित्य फाँटका चर्चित कविहरूका लोकप्रिय कविताका पङ्क्तिलाई क्यानभासमा लेखेर तिनलाई चित्रमा संयोजन गरे।

२०५४ सालमा नेपाली साहित्य जगतका सु–प्रसिद्ध ६६ सर्जकलाई ‘लाइफ मोडेल’ राखेर उनीहरुका पोट्रेट आफ्ना अमूर्त रचनाभित्र संयोजन गरे। ती चित्रमा उनीहरूका चर्चित कृतिहरूको शीर्षकलाई पनि समावेश गरिएका थिए। उनका ती चित्ररचनालाई मुहार, अक्षर तथा रङ विन्यासको सफल एवम् सशक्त संयोजनका रूपमा लिइन्छ। 

२०६० सालमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा उनको २६औँ एकल कलाप्रदर्शनी भएको थियो। सो प्रदर्शनीमा उनका १५० थानभन्दा बढी सिर्जना राखिएका थिए। उनका ती चित्र छ दशक लामो कलायात्रा अवधिका प्रतिनिधि रचना थिए। सो प्रदर्शनीलाई कलाकारको अनवरत साधना, गहन चिन्तन एवम् सिर्जना सामर्थ्यको ज्वलन्त दर्पण मान्नुपर्छ। 

कलाकार नेपालीले २०२९/३० सालतिर किलागलको पुर्ख्यौली घरमा ‘तिमी हामी रेस्टुराँ’ खोलेका थिए। त्यो रेस्टुराँ कलाकार र साहित्यकारहरूको जमघटको थलो थियो। त्यसपछि उनले केही वर्ष हुलाक सेवा विभाग, सूचना विभाग तथा रेडियो नेपालमा जागिर खाए। २०३६ सालमा निजामती सेवाबाट स्वेच्छिक अवकाश लिए। त्यही वर्ष उनले राष्ट्रिय कलाप्रदर्शनीमा प्रथम पुरस्कार पाएका थिए। त्यसयता चित्र सिर्जनाबाहेक अरु काम गरेनन्। उनी पूर्णकालीन चित्रकार थिए।

कलाकार नेपालीको अर्को चित्र।

२०४२ सालमा स्थापित नेपाल कलाकार समाजको पहिलो अध्यक्ष भए। २०५२ देखि २०५६ सालसम्म नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ–परिषद् सदस्य बने। उनी नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य थिए। 

कलाकार नेपाली २०५४ सालमा ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट पुरस्कृत भए। २०६८ सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उनलाई ‘ललितकला प्रज्ञा सम्मान’ प्रदान गरेको थियो। 

कला सम्बन्धी उनका धारणाहरु ज्यादै महत्वपूर्ण छन्। कतिपय मानिस कलाकृतिको प्रयोजन घर वा भवन श्रृङ्गारका लागि मात्र भएको ठान्छन्। यस्तो विचारलाई उनी हास्यास्पद मान्थे। कला राष्ट्रको सभ्यताको आधारशीला भएको उनको भनाइ थियो। ‘मुलुकको कला र संस्कृतिको जगेर्ना गर्ने पहिलो दायित्व राज्यको हो। राज्यको चासो र संरक्षणविना संसारमा कतै पनि कलाको विकास भएको छैन। तर, हाम्रोमा राज्य र समाजबाट कला र कलाकार उपेक्षित छन्। कलाबजार छैन। कला सम्बन्धी अनुसन्धान र प्रकाशनहरू नगन्य छन्। दुनियाँलाई देखाउन लायकको एउटा आधुनिक सङ्ग्रहालयसमेत हामीले ठड्याउन सकेका छैनौँ,’ उनको असन्तुष्टि थियो। 

चित्र बिक्नु वा प्रसंशा पाउनु गौण!
कलाकार उत्तम नेपाली रङसँग संवाद गर्थे। स्वच्छन्द भएर रङसँग खेल्थे। तर, नियोजित ढङ्गले चित्ररचनालाई संयोजन गर्थे। चित्र आकृतिमूलक होस् वा आकृतिविहीन, मूर्त होस् वा अमूर्त, चित्रकारले कलागत नियमको परिधिभित्र रही काम गर्नुपर्ने मान्यता राख्थे। कोही पनि कलाकारले कलाको आधारभूत जग बनिनसक्दै अमूर्त तथा आकृतिविहीन कलामा हात हाल्नु जोखिमपूर्ण हुने भन्दै सजग पनि गराउँथे। 

उनका अमूर्त चित्रको विषय पनि मानव जीवनका अमूर्त व्यवहार र प्रकृति नै थिए। सुवास, शून्य, वायु, संवेदना, पीडा, हर्ष, आनन्द जस्ता विषयमा आफूले चित्र कोर्ने बताउँथे। मानव चित्त र मस्तिष्क स्वयम्मा अमूर्त भएकाले अमूर्त भाव र विचारलाई कुनै सीमानाभित्र बाँध्न नसकिने उनको ठहर थियो। ‘मेरा चित्र कसैले किनिदिऊन्, वा प्रशंसा गरिदिऊन्, तिनले मेरा लागि गौण महत्व राख्छन्। सर्वप्रथम मेरा सिर्जनादेखि म आफू सन्तुष्ट हुनुपर्छ। एक सच्चा कलाकार धन र प्रसिद्धिका पछाडि दौडिँदैन। उसको काम अब्बल भएमा धन र प्रसिद्धि स्वतः पछि लागेर आउँछ,’ नयाँ कलाकारलाई यसरी प्रेरित गर्थे।

कलाकार नेपालीको चित्रकला कुनै निश्चित माध्यममा मात्र सीमित थिएन। पेन्सिल, पेस्टल, जलरङ, तेलरङ, टेम्पेरा, इनामेल, एक्रिलिक, मिश्रित माध्यम यावत्मा उनी चित्र बनाउँथे। अमूर्तकला रचनाका अतिरिक्त उनले बनाएका टेम्पेरा माध्यमद्वारा यथार्थपरक शैलीमा देवीदेवताका विविध आकृतिहरूको चित्र–शृङ्खला पनि धेरै नै थिए।

एक सिर्जनशील कलाकारका लागि माध्यम गौण कुरा हो। उसको शिल्प–सामथ्र्य, अभिव्यञ्जना र चिन्तनले सर्वाधिक महत्व राख्छ। रङ संयोजनमा कहाँ सन्तुलन कायम गर्ने, कहँ तनाव पैदा गर्ने र दर्शकलाई कसरी उत्तेजित गर्ने भन्नेमा चित्रकार सजग रहे मात्र सिर्जनालाई भावपरक एवम् अर्थपरक रुपमा प्रस्तुत गर्न सकिनेमा उनी दृढ थिए।

कलाकार उत्तम नेपालीको दिवङ्गत आत्माको चिरशान्तिको कामना।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि शुक्रबार, असार २७, २०८२
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल शुक्रबार, असार २७, २०८२
एनपीएल रोक्न मेरो कुनै संलग्नता छैन, नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुन्छ : मन्त्री चौधरी शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरलल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्