काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै मन्त्रालयको अनुगमन गर्ने भएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुले प्रत्येक मन्त्रालयको अनुगमन गर्ने बताए।
‘हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं। कुन मन्त्रालयले के गरिरहेको छ हेर्छौं,' नेम्वाङले भने।
नेता नेम्वाङले सरकारबाट हुने गलत कामहरुलाई औंल्याउने र सही काममा सरकारलाई सहयोग गर्ने पनि बताए।
‘गलत ठाउँमा गलत भयो भन्छौं, राम्रो काममा सहयोग पुर्याउँछौं। पार्टीगत रुपमा सहयोग रहन्छ, तर तपाईंका पार्टीका मित्रहरुसँग छुट्टै गठवन्धन बनाउँदैनौं,’ नेम्वाङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।