• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसमा फेरि अघि सारियो पुरानै प्रतिनिधि कायम गरेर १४औं महाधिवेशन गर्ने विकल्प

64x64
लिलु डुम्रे बिहीबार, साउन ७, २०७८  २१:०७
1140x725

काठमाडौं- पुरानै प्रतिनिधिमार्फत् १४औं महाधिवेशन गर्ने विषयले नेपाली कांग्रेसमा फेरि प्रवेश पाएको छ। नयाँ प्रतिनिधि चयन गरी १४औं महाधिवेशन हुन नसक्ने परिस्थिति बनेपछि यस्तो विकल्प  अघि सारिएको हो। १३औं महाधिवेशनका प्रतिनिधि कायम गरी १४औं महाधिवेशन गर्ने विषयमा नेताहरुबीच आन्तरिक संवाद पनि सुरु भएको छ।

१४औं महाधिवेशन समयमै हुनुपर्ने अडानसहित वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केही नेताले उक्त विकल्पलाई अघि सारेका हुन्। ‘संविधानले दिएको अवधि भदौसम्म मात्रै हो। हामीले महाधिवेशन गर्नैपर्ने छ। क्रियाशील सदस्यताको विवाद यथावत छ’, संस्थापनइतरका नेता अर्जुननरसिंह केसीले नेपाल लाइभसँग भने, ‘तल्ला कार्यसमितिको अधिवेशन हुनसक्ने अवस्था देखिएको छैन। १३औं महाधिवेशनका प्रतिनिधिमार्फत् महाधिवेशन गर्न सकिन्छ।’

प्रतिकूल समय रहेकाले १३औं महाधिवेशनका प्रतिनिधि कायम गरी महाधिवेशन गर्न सकिने विकल्प उनले सुझाए। नेता केसीले सभापति शेरबहादुर देउवालाई यही ब्यहोराको पत्र समेत बुझाएका थिए। पार्टी भित्रका विभिन्न समूहमा उक्त विषयमा कुरा भएपनि औपचारिक रुपमा छलफल भने भएको छैन। 

अहिलेको मुख्य जटिलता क्रियाशील सदस्यतामा छ। क्रियाशील सदस्यता छानविन समितिले आफ्नो कार्य सकेको छैन। क्रियाशील सदस्यता छानविन समितिले आफ्नो कार्य सकेर मात्रै त्यसले औपचारिकता प्राप्त गर्ने अवस्था रहँदैन। समितिले टुंग्याएका नामलाई केन्द्रीय समितिले पनि अनुमोदन गर्नुपर्छ।

समितिले समाधान पहिल्याउन नसकेका स्थानको जिम्मा शीर्ष तहका नेतालाई दिइने भएको छ। तर, अहिलेसम्म समिति त्यो चरणमा प्रवेश गरेको छैन।शीर्ष तहले पनि विवादमा समाधान निकाल्न नसके ती स्थानमा अघिल्लो महाधिवेशन प्रतिनिधि कायम गर्ने निर्णय गरिएको छ। उक्त चरणसम्म पार्टी प्रवेश नगरेकाले वडा तहको अधिवेशन प्रभावित हुने निश्चित भइसकेको छ।

साउन १२ देखि वडा तहबाट तल्लो तहको अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको थियो। अन्तिम पटकका लागि भन्दै संशोधन गरिएको उक्त कार्यतालिका समेत प्रभावित बनेको छ। साउन १२ बाट तल्लो तहको अधिवेशन सुरु हुन नसक्ने कांग्रेसको ठहर छ। तर, नयाँ मिति सार्वजनिक गरिएको छैन। अनौपचारिक कुराकानीका क्रममा नेताहरुले एक साता पछि सर्ने बताउँदै आएका छन्। तल्लो तहको अधिवेशन भदौ अघि सुरु हुन नसक्ने यथार्थ रहेको एक नेताले बताए। 

कांग्रेसमा महाधिवेशनलाई लक्षित गरेर अनलाइनमार्फत् क्रियाशील सदस्यको नाम इन्ट्री गरिएको थियो। कथं, अन्तिम नामावली प्रकाशन भएको खण्डमा ती नाम सोही विधिबाट वडा तहमा पठाउन नसकिने नेताहरुको भनाइ छ। तल्लो तहका अधिवेशनमा भएको जटिलताबारे संस्थापन पक्षका एक केन्द्रीय सदस्यले भने, ‘अनलाइनमार्फत् नाम सूचीकृत भएका छन्। क्रियाशील सदस्यता विवादको समाधान निस्किएपनि त्यही प्रविधिमार्फत् नाम वडा/वडामा पठाउने विधि छैन। हार्ड कपिकै रुपमा ठेली पठाउनुपर्ने हुन्छ।’

वडा महाधिवेशनका लागि ६ हजार ७४३ वडा तहमा क्रियाशील सदस्यताको सूची पुग्नुपर्छ। क्रियाशील सदस्यताको नामावली ती सबै स्थानमा पुग्न वर्षाको समयले कठिन छ। अर्कोतर्फ ती स्थानको अधिवेशन गर्नका लागि निर्वाचन प्रतिनिधि खटाउनुपर्ने हुन्छ। क्रियाशील सदस्यता विवादमा समाधान निस्किएपछि मात्रै प्रतिनिधि चयन गर्ने निर्णय हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचन निर्देशिका समेत हालसम्म तयार हुन सकेको छैन। गत साता बसेको शीर्ष नेताको बैठकले सहमहामन्त्री डा प्रकाशशरण महत र नेता डा मिनेन्द्र रिजाललाई निर्देशिकाको अन्तिम रुप दिने जिम्मेवारी दिएको छ।

दुई जिल्लाको क्रियाशील सदस्यताको विवाद बाँकी रहेको सतहमा आएपनि उक्त संख्या दर्जन बढी जिल्लामा रहेको एक नेताले बताए। 

कोरोना, वर्षातको समय, आन्तरिक विवाद, क्रियाशील सदस्यता विवाद लगायतका कारणले १३औं महाधिवेशनका प्रतिनिधि नै कायम गर्ने विकल्प जोडका साथ उठ्न थालेको छ। १३औं महाधिवेशनका प्रतिनिधि कायम गरि १४औं महाधिवेशन गर्नका लागि सर्वप्रथम सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति हुनुपर्ने संस्थापन पक्षका ती नेताको भनाइ छ।

उनले भने, ‘१३औं महाधिवेशनका प्रतिनिधिबाट महाधिवेशन गर्न सकिएला। त्यस विषयले पार्टीमा औपचारिक प्रवेश पाउनुपर्‍यो। सभापति र वरिष्ठ नेता सहमत हुनुपर्‍यो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भिडभाड गरी महाधिवेशन गर्ने अवस्था नरहेकाले सहमतिको महाधिवेशनको चर्चा पनि कांग्रेसमा जारी छ। दुई वर्षे कार्यकाल हुने गरी सहमतिको महाधिवेशन गर्न सकिने विकल्पमा केही नेताबीच छलफल भएको छ।

सभापतिमा देउवालाई नै दोहोर्‍याउने गरी उक्त प्रस्ताव अघि सारिएको बताइएको छ। थप दुई वर्षे कार्यकाल मात्रै हुने गरी उक्त प्रस्तावलाई संस्थापन पक्ष मान्न तयार भइसकेको छैन। देउवा पक्षीय नेता मीन विश्वकर्माले भने, ‘सहमतिको महाधिवेशन गरौं भन्नेहरु मतदान गर्न नचाहनेहरु हुन्। मतदान नहोस् भन्ने चाहने र सहमतिको नाममा शेरबहादुर देउवाजीलाई फेरि पाँच वर्ष हुन नदिनेहरुले यो कुरा गरिरहेका छन्।’ सहमतिको महाधिवेशन सभापतिले स्वीकार नगर्ने उनले बताए।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  २१:०७
  • #कांग्रेस_१४औं_महाधिवेशन
  • #कांग्रेसको_१४औँ_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्