• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एकाएक कहाँबाट सुरक्षा ‘थ्रेट’ बढ्यो प्रचण्ड र नेपाललाई?

64x64
नेपाल लाइभ मंगलबार, साउन ५, २०७८  १८:०५
1140x725

काठमाडौं- गृह मन्त्रालयले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को सुरक्षामा थप प्रहरी टोली खटाएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा सचिवस्तरीय निर्णयबाट प्रचण्डको सुरक्षामा डीएसपीको कमाण्डमा थप प्रहरी टोली खटाइएको हो। 

प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारी अनुसार यो समाचार तयार पार्दासम्म गृहको निर्देशनपछि प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरे खटिइसकेका छन्। अन्य थप प्रहरी टोली भने खटिइसकेका छैनन्। गृहको निर्देशन अनुसार केही दिनमै थप ९/१० जनाको प्रहरी टोली खटाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ। 

गृह मन्त्रालयले नै जारी गरेको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ विपरीत प्रचण्डको सुरक्षामा थप सुरक्षाकर्मी खटाइएको हो। उक्त मापदण्ड अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा १८ जना मात्रै सुरक्षाकर्मी राख्न मिल्ने उल्लेख छ।

अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरुले आवश्यकभन्दा बढी सुरक्षाकर्मी राखेर दुरुपयोग भएको पाइएपछि यो मापदण्ड लागू गरिएको थियो। त्यसपछि उनीहरुको अगुवा पछुवालाई गृहले तानेको थियो। 

अहिले फेरि सुरक्षा 'थ्रेट' भन्दै एकाएक सुरक्षाकर्मी थप गर्न थालिएको छ। यसबारे प्रहरी प्रधान कार्यालय भने कुनै विशिष्ट व्यक्तिलाई सुरक्षा थ्रेट भएकाले सुरक्षाकर्मी थप भएको भन्न सक्दैन। हेडक्वार्टर स्रोत भन्छ– ‘गृहबाट सुरक्षाकर्मी थप गर्नू भनेर परिपत्र आएपछि हामीले थप गरेका हौं। सुरक्षा थ्रेट भएरै गृहले सिफारिस गरेको होला।’

nimb
nimb
Ncell 2
Ncell 2

सुरक्षासम्बन्धी मापदण्ड २०७७ अनुसार सुरक्षाकर्मी थप गर्नु परेको अवस्थामा सुरक्षा चुनौती छ/छैन भनेर मूल्यांकन हुनुपर्ने र चुनौती भएको निष्कर्ष निस्किए केन्द्रीय सुरक्षा समितिले निर्णय गरेपछि सुरक्षाकर्मी थप हुने सक्ने उल्लेख छ। तर, चुनौती मूल्यांकन नै नगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा थप प्रहरी टोली खटाएको छ। 

उता पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा समेत थप प्रहरी टोली खटाउने तयारी भएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। तर, यसबारे आफूलाई केही थाहा नभएको दाबी गृह प्रवक्ता तथा सहसचिव जनकराज दाहालले गरे। उनले भने- ‘यो विषय मेरो जानकारीमा छैन।’

प्रचण्ड र नेपालको सुरक्षा चुनौती बढेको हो/होइन? बढेको भए के कारण सुरक्षा चुनौती बढ्यो भन्ने निष्कर्ष निकालेपछि मात्रै सुरक्षाकर्मी थप हुनुपर्ने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रकै अन्तरविरोधले नेतामाथि सुरक्षा थ्रेट हुनु स्वाभाविक भएको ठकुरीको भनाइ छ। आन्तरिक सुरक्षाको पहिलो जिम्मा नेपाल प्रहरीको हुनु र पछिल्लो राजनीतिक घटनाक्रमले सुरक्षा थ्रेट बढ्दा नेताहरुमाथि केही भइहालेमा प्रहरीमाथि प्रश्न उठ्ने भएकाले थप सुरक्षाकर्मी खटाइएको हुनसक्ने उनको विश्लेषण छ। 

प्रचण्डको हकमा भने अघिल्लो पटक सुरक्षाकर्मी घटाइँदा पूर्वलडाकू समेत सुरक्षामा खटिएका थिए। पूर्वलडाकू सुरक्षामा खटिँदा प्रहरीको मनोबल समेत खस्कने भएकाले पूर्वलडाकू हटाउने नीति अनुसार थप सुरक्षाकर्मी खटाइएको हुनसक्ने ठकुरीको विश्लेषण छ।

सुरक्षा मापदण्ड लागू भएपछि प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या घटाइएपछि 'पूर्वजनमुक्ति सेना' तथा हालको वाईसीएलका नेता प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा एक सेक्सन पूर्वलडाकू प्रचण्डको सुरक्षामा खटिएका थिए।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा मंगलबार, भदौ ९, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल मंगलबार, भदौ ९, २०८३
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्