एजेन्सी– फिफा विश्वकप फुटबल प्रतियोगिताअघि भएको मैत्रीपूर्ण खेलमा जर्मनी र नाइजेरिया पराजित भएका छन्।
जर्मनीलाई शनिबार राति भएको अभ्यास खेलमा अस्ट्रियाले २–१ गोलले पराजित गरेको हो। जर्मनीका मेसुट ओजिलले खेलको ११ मिनेटमा गोल गरेर आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए। तर अस्ट्रियाका हिन्टरेरगेरले ५३ र स्कोफले ६९ मिनेटमा गोल गर्दा जर्मनी स्तब्ध बन्यो।
साविक विजेता जर्मनीका पहिलो रोजाइका गोलकिपर नेउरले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। नेउर फर्किएपनि जर्मनीले अस्ट्रियासँग ३२ वर्षपछि पहिलो हार बेहोर्यो। अस्ट्रियाले गत नोमेम्बरदेखि शतप्रतिशत नजिता निकाल्दै आएको छ।
जेठ ३१ मा रसियामा सुरु हुने विश्वकपमा जर्मनी समूह 'एफ' मा छ। यो समूहमा मेक्सिको, स्विडेन र दक्षिण कोरिया छन्। यहि समूहको मेक्सिकोले अभ्यास खेलमा स्टकल्यान्डलाई १–० गोलले पराजित गरेको छ।
यता विश्वकपअघि इंग्ल्यान्डले जित हात पारेको छ। इंग्ल्यान्डले नाइजेरियालाई २–१ गोलले हरायो । इंग्ल्यान्डको जितमा चाहिलले ७ र ह्यारी केनले ३९ मिनेटमा गोल गरे। नाइजेरियाका लागि इओवीले ४७ मिनेटमा गोल फर्काए। इंग्ल्यान्ड विश्वकपमा समूह 'जी' मा भने नाइजेरिया समूह 'डी' छ।
यता बेल्जियम र पोर्चुगल तथा स्विडेन र डेनमार्कले गोलरहित बराबरी खेलेका छन भने आइसल्यान्डलाई नर्वेले ३–२ गोलले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।