काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ग्रीस सरकारले लोकप्रिय ‘होलिडे’ टापुको रुपमा परिचित मिकोनोमा प्रतिबन्ध लगाएको छ।
धनीहरुको पार्टी हुने टापुको रूपमा परिचित मिकोनो ग्रीसको सबैभन्दा लोकप्रिय गन्तव्य स्थानहरूमध्ये एक हो। ग्रीष्म ऋतुमा यस टापुमा हलिवुडका कलाकार, मोडलहरू र विश्वप्रसिद्ध व्यक्तिहरुका साथै १० लाखभन्दा बढी पर्यटहरु जम्मा हुने गर्छन्।
कोरोनाको चिन्ताजनक अवस्थापछि नागरिक सुरक्षा मन्त्रालयले यस टापुमा रहेका रेष्टुरेन्ट तथा बारहरूमा गुञ्जिन गीतमाथि चौबीसै घण्टा प्रतिबन्ध लगाएको छ।
यस्तै, राति १ बजेदेखि बिहान ६ बजेसम्म काममा जानेहरुलाई स्वास्थ्यकाे कारण गर्दा यातायात प्रयाेग गर्न अनुमति दिइएको छ। यो प्रतिबन्ध २६ जुलाईसम्ममा रहनेछ।
ग्रीस सरकारले पर्यटन व्यवसायलाई आम्दानीको स्रोतको ५औं स्थानमा राखेको छ। यद्यपि, कोरोना महामारीको कारण पर्यटन व्यवसाय धरापमा परेको छ। ग्रीसमा यसै साता संक्रमितको संख्या बढ्दो छ।
यता, सरकारले पनि कोरोना रोकथामका लागि स्वास्थ्यकर्मी र नर्सिङ होमका कर्मचारीहरूको खोप दिन थालेको छ। यस्तै, रेष्टुरेन्ट र बारहरूमा कोरोनाविरुद्धको खोप लगाएका ग्राहकहरूलाई मात्रै प्रवेशको अनुमति दिइएको छ।
‘हामी हाम्रो सुन्दर टापुका बासिन्दा, आगन्तुक र पेशाकर्मीहरुलाई लागू गरिएकाे नियम कानून कडाईका साथ पालना गर्नको लागि आह्वान गर्दछौं। ताकि छिटो समयमा यस महामारी नियन्त्रण गर्न र मिकोनोलाई सामान्य अवस्थामा फर्काउन सकियोस्,’ मन्त्रालयले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।