काठमाडौं- युद्धरत तालिबानसँग वार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली कतारकाे दाेहा प्रस्थान गरेकाे छ।
टोलो न्युजका अनुसार बढ्दो हिंसाको बीच १० सदस्यीय टोली राष्ट्रिय मेलमिलापको लागि शुक्रबार दिउँसो काबुलबाट दोहा प्रस्थान गरेको हो।
टोलीमा उच्च परिषद्का प्रमुख अब्दुल्ला अब्दुल्ला, पूर्वउपराष्ट्रपति मोहम्मद करीम खलीली, अता मोहम्मद नूर, मुख्य वार्ताकार मासुम स्तनाकजई, सलाम रहीम, फातिमा गिलानी र शान्ति मामिला मन्त्री सादत मन्सूर नादेरी रहेका छन्।
पूर्वराष्ट्रपति हामिद करजई प्रतिनिधिमण्डलको साथ काबुल एयरपोर्ट पुगेका थिए। उनले प्रतिनिधिमण्डल पूर्णतया आधिकारिक रहेको र तालिबानसँग वार्ता गर्ने जानकारी दिएका छन्।
यसैबीच उच्च परिषद्का प्रमुख अब्दुल्लाले यस वार्ताले देशका विभिन्न भागमा सुरक्षा बल र तालिबानबीच चलिरहेको हिंसा रोकिन सक्ने आश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।