काठमाडाैं- बेलायतमा मध्य जनवरीपछि पहिलोपटक ५० हजारभन्दा बढी दैनिक कोरोना भाइरस संक्रमित फेला परेका छन्।
बीबीसीका अनुसार पछिल्लाेपटक ५१ हजार ८७० काेराेना संक्रमित फेला परेका हुन्। जुन १५ जनवरीपछिकाे सबैभन्दा उच्च संक्रमित हुन्।
यस्तै, पछिल्लाे २८ दिनमा ४९ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
काेराेना संक्रमितकाे संख्या बढिरहेकाे अवस्थामा बेलायतमा लागू गरिएकाे लकडाउन सोमबारदेखि अन्त्य भएकाे छ। तर, विज्ञहरुले भने तत्कालै लकडाउन हटाउन नहुने सरकारलाई सल्लाह दिएका छन्।
इंग्ल्याण्डका प्रमुख मेडिकल अफिसरले यसरी नै काेराेना संक्रमितकाे संख्या बढ्दै गए अस्पताल भर्ना हुने विरामी डरलाग्दाे मात्रामा बढ्ने चेतावनी दिएकाे छ।
प्रो क्रिस व्हिट्टीले भनिन्, ‘कोरोनाको साथसाथै अस्पताल भर्ना हुनेको संख्या तीन हप्तामा लगभग दोब्बर भएको छ। बेलायत अझै कोरोनाको जोखिमबाट बाहिर निस्किएको छैन र सोमबार सरकारले प्रतिबन्धहरू खुकुलो पारेकाले सावधानी अपनाउनुपर्छ।’
बेलातमा ८ जनवरीमा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। बीबीसीका अनुसार उक्त दिन ६८ हजार ५३ संक्रमित फेला परेका थिए।
स्वास्थ्य सचिव साजिद जाविदले पहिले नै १९ जुलाईसम्म दैनिक काेराेना संक्रमित ५० हजारसम्म पुग्ने र गर्मीमा बढेर १ लाखसम्म पुग्ने चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।